भित्रैबाट सिइओ बनायो सिद्धार्थ इन्स्योरेन्सले, प्रमुख कार्यकारीमा क्षेत्री नियुक्त

बिजमाण्डू
२०७४ भदौ ४ गते ११:०३ | Aug 20, 2017
भित्रैबाट सिइओ बनायो सिद्धार्थ इन्स्योरेन्सले, प्रमुख कार्यकारीमा क्षेत्री नियुक्त
काठमाडौं। सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले विरेन्द्र वैद्वार क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। कम्पनीको भदौ १ गतेको सञ्चालक समिति वैठकले उनलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
 
कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई बुझाएको विवरण अनुसार क्षेत्री आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्। पछिल्लो समय उनी सिद्धार्थमै माथिल्लो ब्यवस्थापनमा थिए। 

Tata
GBIME
Nepal Life