हिमालयन पावरको सेयर कारोबार सुरु, ३०० मा खुलेको बजारमा ३३० मा माग्दा पनि सेयर छैन

बिजमाण्डू
२०७४ भदौ ४ गते १२:२५ | Aug 20, 2017
काठमाडौँ। हिमालयन पावर पार्टनर लिमिटेडको  आज आइतबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ। दोस्रो बजारमा कम्पनीको (एचपीपीएल) सिम्बोल मार्फत कारोबार सुरु भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि न्युनतम एक सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्म कारोबार गर्न सकिने मुल्यको रेन्ज दिएको थियो।
 
तीन सय रुपैयाबाट कारोबार सुरु गरेको कम्पनीको मूल्य अहिले तीन सय ३० रुपैयाँ पुगेको छ। तीन सय ३० रुपैयाँमै ८६ हजार कित्ता बढी खरिद गर्न लगानीकर्ता रहे पनि बिक्रि गर्ने भने सुन्य छन्। 
 
कम्पनीको शेयर साउन ४ गते बाँडफाँड भएको थियो। 
 

Tata
GBIME
Nepal Life