‘सिद्धार्थ मेरो शेयर खाता’ संचालनमा, ६ प्रतिशत ब्याज र पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा

बिजमाण्डू
२०७४ भदौ ४ गते १८:३६ | Aug 20, 2017
‘सिद्धार्थ मेरो शेयर खाता’ संचालनमा, ६ प्रतिशत ब्याज र पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा
काठमाडौं।सिद्धार्थ बैंकले आस्वामार्फत शेयर आवेदन गर्न मिल्ने सिद्धार्थ मेरो शेयर खाता संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो खातामार्फत नि:शुल्क अनलाइन आस्वा आवेदन,नि:शुल्क डिम्याट खाता,सिडिएसको अनलाइन आवेदन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले यो खातामा पाँच लाख रुपैयाँसम्मको नि:शुल्क दुर्घटना बीमा हुने जनाएको छ।बैंकले यो बचत खातामा वार्षिक ६ प्रतिशत वार्षिक ब्याज दिने जनाएको छ।बैंकले यो ख ता आफुलार्इ पायक पर्ने बैंकको शाखा र सिद्धार्थ क्यापिटल नारायणचौर नक्सामा खोल्न सकिने जनाएको छ।