बाढी पीडितको राहत वितरण गर्न ग्यास बिक्रेता महासंघ पुग्यो सिराहा, लत्ताकपडा र खाद्यान्न वितरण

बिजमाण्डू
२०७४ भदौ ५ गते ०७:३८ | Aug 21, 2017
बाढी पीडितको राहत वितरण गर्न ग्यास बिक्रेता महासंघ पुग्यो सिराहा, लत्ताकपडा र खाद्यान्न वितरण
काठमाडौं।ग्यास बिक्रेता महासंघ नेपालले सिराहाको बाढी पीडितलार्इ राहत सामाग्री वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

सिराहा ग्यास व्यवसायी संघको संक्रियतामा महासंघको टोली पुगेर कपडा र खाद्यान्न वितरण गरेको हो।महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको संयोजकत्वमा गएको टोलीले औरही गाउँपालिका वडा नम्बर-५, मिर्चैयाको वडा नम्बर-५मा रहेको मुसहरबस्ती र भन्सार चोकका बाढी पीडितलार्इ राहत वितरण गरेको हो।
 

महासंघका महासचिव चन्द्र थापाका अनुसार आफ्ना सदस्यलार्इ तीजमा हुने खर्च कटाएर बाढी पीडितलार्इ सहयोग गर्ने प्रतिवद्धता जनाए अनुसार महासंघको टोली राहत वितरणमा गएको हो।महासंघ टोलीले पुरुष र महिलाका लागि लगाउने कपडा,लुगाधुने साबुन,तेल,पानी लगायतका अत्यावश्यक खाद्यान्न वितरण गरेको महासंघका अध्यक्ष अर्यालले बताए।महासंघले साढे तीन सय व्यक्तिलार्इ राहत वितरण गरेको उनले बताए।
 
उनका अनुसार अझैपनि ती स्थानमा राहत पुगेको छैन। उनले धेरैको घर बगाएका कारण छानो समेत नभएको बताउँदै खानेपानीको समस्या अझ विकराल रहेको बताए।‘सरकारी राहत अहिलेपनि त्यो स्थानमा पुगेको छैन।बाढीका कारण खानेपानीको स्रोत पूरै धमिलो छ।बस्नका लागि बास छैन’उनले बिजमाण्डूसँग भने,त्यहाँ मात्रै होइन बाढी पीडितको अवस्था दयनीय छ।सरकारको उपस्थितीनै छैन।‘