बुटवलको तरकारी बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्दै, भारतको तरकारी घट्दो क्रममा

बिजमाण्डू
२०७४ भदौ ५ गते १३:४६ | Aug 21, 2017
बुटवलको तरकारी बजारमा स्वदेशी तरकारीको हिस्सा बढ्दै, भारतको तरकारी घट्दो क्रममा


बुटवल। बुटबल कृषि उपज तथा थोक बजार केन्द्रमा भारतबाट आयातित तरकारी लाई क्रमश विस्थापित गर्दै स्वदेशवाट उत्पादित तरकारी बिक्री हुन थालेको छ।

Tata
GBIME
Nepal Life

स्वदेशमै उत्पादन भएको ६० लाख रुपैयाँको तरकारी बिक्री हुन थालेको केन्द्रले जनायो।यो बजारमा दैनिक दुर्इ करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुन्छ।प्याज लगायतका केही सुख्खा तरकारी मात्रै भारतमा निर्भर छ।यो वाहेक केन्द्रमा आउने सबै तरकारी स्वदेशकै हुने गरेको छ।
 

वुटबलमा बिक्री हुने तरकारी सल्यान जिल्लाको कपुरकोट र धादिङ, पाल्पा र रुपन्देहीको मर्चवार क्षेत्रबाट आउने गरेको बुटबल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताए ।यो बजारमा दैनिक दुर्इ करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुन्छ।केन्द्रबाट मुलुकका विभिन्न स्थानमा तरकारी जाने गरेको व्यापारी भीमकान्त पन्थीले बताए।