सूर्या लाईफ र सेन्चुरी बैंकबीच सम्झौता, सूर्याको पोलिसी सेन्चुरीका शाखाहरुबाट समेत बिक्री

बिजमाण्डू
२०७४ भदौ ५ गते १६:५१ | Aug 21, 2017

काठमाडौै। सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी कर्मिसयल बैंकबीच सम्झौता भएको छ। 
सेन्चुरी बैंकको देशभरका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको सम्झौतापछि जारी गरिएको बिज्ञप्तीमा जनाइएको छ ।

Tata
GBIME
Nepal Life

सम्झौतामा सूर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  शिवनाथ पाण्डे र सेन्चुरी कर्मिसयल बैंकका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत  अनुज मनी तिमल्सिनाले हस्ताक्षर गरे।

सम्झौता अनुसार सेन्चुरी कर्मिसयल बैंक लिमिटेडको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।