९१७ अर्बको ब्यापार घाटा, रेमिटेन्स बृद्धि दर घट्यो, बर्ष दिनमा ६९५ अर्ब रुपैयाँ रेमिटेन्स आयो

बिजमाण्डू
२०७४ भदौ ५ गते १७:४० | Aug 21, 2017
काठमाडौं। एक बर्षमा देशमा ९ खर्ब ९० अर्ब ११ करोड रुपैयाँको सामान भित्रिएको छ। अघिल्लो बर्षको भन्दा यो २८ प्रतिशतले बढि हो।
 
जबकी नेपालले ७३ अर्ब ५ करोड रुपैयाँको सामान मात्र विदेशमा बेचेको छ। सामान बेच्नेभन्दा किन्ने दर निक्कै बढि भएकाले समग्र ब्यापार घाटा ३०.४ प्रतिशतले बढेको छ। यो भनेको ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँले बढि हो।
 
खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सीमेन्टलगायतको आयात बढेको छ। 
 
आयात अत्याधिक बढेका कारण १४० अर्ब बचतमा रहेको चालु खाता १० अर्ब रुपैया घाटामा गएको छ। यद्यपी देशको समग्र शोधनान्तर बचत भने ८२ अर्ब १५ करोड रुपैयाँ छ। 
 
विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्सको बृद्धि दर ७.७ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा सीमित भएको छ। बर्षभरीमा नेपालमा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। 

Tata
GBIME
Nepal Life