सैनामैना नगरपालिकाको बजेट ५४ करोड ६७ लाख, प्रत्येक वडाले पाँच करोड रुपैयाँ पाउने

बिजमाण्डू
२०७४ भदौ ६ गते २१:३७ | Aug 22, 2017
रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/२०७५का लागि ५४ करोड ६७ लाख १३ हजार ५ सय ८४ बजेट ल्याएको छ।

Tata
GBIME
Nepal Life


बजेटमा चालु खर्च १७ करोड ५६ लाख ३१ हजार ४ सय ४० र पूँजीगत खर्च २६ करोड ५७ लाख १४ हजार १ सय ४४ विनियोजन गरिएको छ।नगरप्रमुख चित्रबहादुर कार्कीले मंगलबार बजेट प्रस्तुत गरे। बजेटमा प्रत्येक वडालार्इ ५ करोड ८३ लाख ४९ हजार ७ सय रकम विनियोजन गरिएको छ। जसमा सबैभन्दा बढी वडा नम्बर १० मा ६० लाख ७० हजार ६ सय र सबैभन्दा कम वडा नम्बर ८ मा ४२ लाख ६४ हजार ३ सय रकम विनियोजन गरिएको छ।फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि रिसाइकल र ल्याण्डफिल साइटका लागि पचास लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले खानेपानी र सरसफार्इका लागि ७५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ।खानेपानी संस्था र समितिले वार्षिक आम्दानीको दश प्रतिशत अनिवार्य सरसफार्इ क्षेत्रमा लगाउनुपर्ने बजेटमा व्यवस्था गरिएको छ।मूख्य सडक कालोपत्रेका लागि ६ करोड ७३ लाख ४१ हजार १ सय रुपैयाँ रकम विनियोजन गरिएको छ।कृषि तथा पशुपालनका लागि १ करोड ३५ लाख ७७ हजार रुपैयाँ रकम विनियोजन गरिएको छ।
 

शिक्षा क्षेत्रको कार्यक्रममा ९ करोड ८६ लाख ६९ हजार ३ सय विनियोजन भएको छ । यसैगरी बजेट विनियोजन कार्यक्रममा पर्रोहा स्वास्थ चौकीलाई १५ शैय्याको अस्पतालका रुपमा स्तरोन्नती गरिने उल्लेख छ।स्थानिय समुदाय र  नेपाली सेनाको सहकार्यमा सर्पदंश अस्पताल निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छन।नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि १ करोड ७९ लाख ३ हजार रकम विनियोजन गरिएको छ।