दसैतिहारमा बाइक बेच्न बिक्रेताबीच प्रतिस्पर्धा, बाइक बिक्री गर्न कार उपहार, नगद पनि

बसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ भदौ ७ गते ०९:३६ | Aug 23, 2017
दसैतिहारमा बाइक बेच्न बिक्रेताबीच प्रतिस्पर्धा, बाइक बिक्री गर्न कार उपहार, नगद पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। चाडपर्वलार्इ लक्षित गर्दै बाइकका बिक्रेताले विशेष अफर ल्याएका छन्। दशैतिहारमा बाइक बिक्रीको सबैभन्दा राम्रो अवसर हो। यही अवसरलार्इ क्यास गर्न बाइकका नेपालका अधिकृत बिक्रेताले उपहार राखेर उपभोक्ता आकर्षित गर्न खोजेका हुन्। बाइक बेच्न ६ लाख रुपैयाँ नगददेखि स्कोडा र्यापिड कारसम्म उपहार योजना राखेका छन्।

 
यामाहाको नेपालको अधिकृत बिक्रेता एमएडब्लुले भर्खरै बजारमा ल्याएको एफजेड-स्ट्रिट फाइटर बाहेकको बाइक किन्दा सात हजार छुट दिने योजना ल्याएको छ। यामाहाले पछिल्लो समयमा युवा लक्षित बाइक ल्याइरहेको छ।एफजेड सिरिजमा यामाहाले बाइक उत्पादन थालेपछि उत्पादनमा समेत भेराइटी थपिरहेको छ।


 
एफजेड- २५ स्ट्रीटफाइटर मोडल बाहेकका अन्य मोडलका बाइकमा सात हजार छुट दिने कम्पनीका सहमहाप्रवन्धक दीपक रौनियारले बताए।उनका अनुसार हरेक साता लक्की ड्रमार्फत एक लाख उपहार पनि दिइनेछ। रौनियारले लक्की ड्रमार्फत एकजनालार्इ स्कोडा र्यापिड कार दिने जानकारी दिए।
 
हिरो बाइकको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले दशैं अफर योजना अनुसार हरेक बाइक किन्दा ६ हजार रुपैयाँ छुट दिने भएको छ। कम्पनीकी मिडिया कोर्डिनेटर सितल दाहालले स्क्रयाच कुपनमार्फत एक हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार पाउने बतार्इन्।


 
कम्पनीले खरिदकर्ताहरुले प्राप्त गर्ने गरेको एसएमएस नम्वर लक्की ड्रमार्फत प्रत्येक हप्ता एकजना ग्राहकले उपहार एक लाख रुपैयाँ पाउने उनले बतार्इन्।
 
बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैंतिहार लक्षित योजना ल्याएको छ।
 
कम्पनीले ६ निशान योजना ल्याएको जनाउँदै यसको अर्थ ‘६ वटा लक्ष्यहरु’ रहेको जनाएको छ।कम्पनीका अनुसार अर्को अर्थ  ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध रहेको छ।बजाज बाइक चढ्नेले गौरबको महशुस गर्ने कम्पनीको दाबी छ। यो योजना अनुसार बाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्ने र स्क्र्याच कुपनको आधारमा ग्राहकले ६ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्ने कम्पनीले जनायो।


 
कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “कम्पनीले ग्राहकका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । हामीले ल्याएको योजनाबाट ग्राहक लाभान्वित बन्ने विश्वास लिएका छौं ।”