प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउसले बोलाए साधारणसभा, दुबैको लाभांस प्रस्ताव



बिजमाण्डू
२०७४ भदौ १५ गते १०:४१ | Aug 31, 2017
काठमाडौं। प्रभु क्यापिटल र नेपाल क्लियरिङ हाउसले असोज ६ गते साधारणसभा बोलाएका छन्।
 
प्रभु क्यापिटलले साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाट २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गर्ने छ। क्यापिटलको नबौ साधारणसभा र्याडिसन होटल लाजिम्पाटमा हुने छ। 
 
नेपाल क्लियरिङ हाउसले छैठौ बार्षिक साधारणसभाबाट २० प्रतिशत नगद लाभांस तथा २० प्रतिशत शेयर लाभांस दिने प्रस्ताव पारित गर्ने जनाएको छ। नेपाल क्लियरिङ हाउसको साधारणसभा होटल याक एण्ड यतिमा हुने छ। बोनस शेयर बराबर चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीको संशोधन पनि गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life