सस्तो उत्पादन बेचेर नाफा कमाउँला भन्ने छैन, राजबहादुर शाहको एक्सक्लुसिभ अन्तर्वार्ता

बिजमाण्डू
२०७४ भदौ १९ गते ०९:०३ | Sep 4, 2017
सस्तो उत्पादन बेचेर नाफा कमाउँला भन्ने छैन, राजबहादुर शाहको एक्सक्लुसिभ अन्तर्वार्ता
सोचें यहिँ मर्ने हो, यहिँ बाँच्ने हो, कोसँग भागेर के गर्ने? त्यसपछि मैले आफ्नो कामलाई बिसाइँन। अरु कम्पनीहरु पुरै रक्षात्मक बन्दा पनि मैले आफ्नो आक्रमक बजार बिस्तारलाई रोकिनँ। एक किसिमले यो महत्वपुर्ण जोखिम पनि थियो 
— 
बियर प्लान्टकालागि हामीले साढे तीन अर्ब रुपैयाँ लगानी गरेका छौँ। उक्त लगानीमा मैले भारतीय प्लान्ट लगाएको भए त्यो फ्याक्ट्री १२ गुणा ठूलो हुने थियो। तर, मलाइ त्यसमा रुची छैन। सस्तो उत्पादन बेचेर नाफा कमाउँला भन्ने मलाइ लागेको छैन।
हामी लक्ष्यभन्दा पछि त छौँ तर म खुसी छु किनभने कुनै मिस्टेक बिना बजारमा जाने गरी हामीले काम गरिरहेका छौँ। यहाँ ठूलो बजार हिस्सा लिएको गोर्खा ब्रुअरीसँग प्रतिश्पर्धा गर्ने सोच्नुहुन्छ भने तपाईँमा त्यति तयारी अपरिहार्य पनि छ। गोर्खा ब्रुअरी साँच्चिकै 'एड्मायरबल' कम्पनी हो। उसको भोल्युमदेखि बजारसम्म सबै ठूलो छ।

Tata
GBIME
Nepal Life


सन् १९९२ मा जेठा छोराको असमायिक निधनपछि रुस्लानका प्रणेता विजयकुमार शाहलाई बिजनेसमा इन्ट्रेष्ट थिएन, त्यसपछि उनी आफैँलाई हार्ट अट्याक भयो। उनले पाँच वर्ष बिजनेस पूरै छाडे। अहिले देशको सबैभन्दा ठूलो मदिरा ब्राण्ड रुस्लान त्यसबेला झण्डै 'किल' हुने पोजिसनमा थियो। 

बिजयबहादुरका कान्छा छोरा राजबहादुर शाह जब विदेशबाट पढेर स्वदेश फर्किए। उनले बुबालाई भने- के तपाईं मेरालागि पनि काम नगर्ने? छोराको प्रश्नले शाहलाई झक्झकायो। उनले भने, तिमी बिजनेस गर। म गाइड गर्छु। बाबु शाहले आफ्नो लक्की ब्राण्ड रुस्लानको फर्मुलेशन रिव्यूल्ड गर्न थाले। छोरा राजले प्रशासन, व्यवस्थापन र बजार हेर्न। भोड्काको फर्मुलेशन रिव्यूल्डमा बाबु बिजय तथा बजार र व्यवस्थापनमा छोरा राजको जोडीवीच पर्फेक्ट ब्लेण्ड भयो। नतिजा सबैलाई आश्चर्यमा पार्ने गरी आयो। रुस्लान भोड्का मात्रै रहेन, त्यो ब्राण्ड रुस्लान बन्यो। उनै राजबहादुर शाहलाई बिजमाण्डूका प्रभात भट्टराईले सोधे, रुस्लानलाई ब्राण्ड बनाउन तपाईंले के त्यस्तो कमाल गर्नुभयो?

सन् २००९ मा तपाईँबारे विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्समा हामीले एउटा स्टोरी पढेका थियौं, 'अण्डर सिज'। त्यस यता झन्डै आठ बर्ष बितिसकेको छ। यो अवधिमा तपाईँले पब्लिक कम्पनी र प्राइभेट कम्पनी दुबैलाई नयाँ उचाइमा पुर्याइसक्नु पनि भएको छ। तर, नेपाली वा विदेशी मिडिया कतै पनि हामीले तपाईंलाई पढ्न पाएका छैनौं?
 
मेरो मान्यता के छ भने मैलेभन्दा मेरा ब्रान्डहरुले राम्रो पब्लिसिटी पाउनुपर्छ। हामीले हाम्रा प्रोडक्टलाई पर्याप्त मात्रामा मिडियामा फोकस गरेका छौँ। साथै हाम्रो सफलता मेरो भिजन र प्रतिवद्धतामा मात्र आधारित छैन। हाम्रो सिङ्गो टिमले एकजुट भएर काम गरेको छ। त्यसको नतिजा हामीले सफलतामा पाएका छौं।
 
त्यसमाथि अहिले त हाम्रो मुलुकको अवस्था पनि सुधार भैरहेको छ। पछिल्लो ८/१० बर्षमा नेपाल धेरै बदलिएको छ। अझै पनि धेरै गर्न बाँकी छ। तथापि स्थायित्व निर्माणकालागि धेरै काम भएका छन्। बन्द हड्ताल जस्ता अवरोध धेरै छैनन्। भूकम्प र नाकाबन्दी हुँदैन्थ्यो भने  हामी अझ धेरै अगाडि पुगिसकेका हुने थियौँ। समग्रमा हाम्रो मुलुक अगाडि बढेको छ र हामी पनि सँगसँगै हिँडिरहेका छौँ।
 
तर, एउटा 'सक्सेसफुल ब्रान्ड'को पछाडिको पर्सनल स्टोरी त पाठकले पढ्न पाउनु पर्थ्यो भन्ने हामीलाई लागेको हो?
अवश्य। सँगसँगै अर्को तथ्य के छ भने हामीले कुनै खास नयाँ प्रोडक्ट बजारमा ल्याएका छैनौँ। हामीसँग सन् १९६०/७० देखि जुन प्रोडक्ट छ। त्यसैलाई हामीले प्रवर्द्धन गरिरहेका छौं। तर त्यसको प्रवर्द्धन अहिले हामी युवा लक्षित प्रोडक्टमा रुपमा गरिरहेका छौं। यसको मूल कारण नेपालमा रहेको बहुमत युवा जनशक्तिलाई टार्गेट गर्नु हो।
 
युवा पुस्ता उत्सवदेखि बिभिन्न जमघटमा रमाइलो गर्न चाहन्छ। त्यसमाथि हामीकहाँ बिभिन्न जाति जनजाति बिशेषका अनेक जात्रा एवं भोज हुने गरेका छन्। अल्कोहल ती उत्सवको एउटा पार्टको रुपमा रहने गरेको छ। कृषि प्रणालीमा आधारित नेपाली समाजका कारण पुर्खौँदेखि अल्कोहल यस्ता जात्रा एवं उत्सवको पार्ट बन्न पुग्यो। खेर जाने अन्नको अल्कोहल बनाउने चलन अहिले पनि गाउँघरमा कायमै छ। 
 
यो पृष्ठभूमीमा रुस्लानले युवा पुस्ता लक्षित क्याम्पेन र गुणस्तरलाई मुख्य जोड दियो। रुस्लानबारे हामीले एउटा सर्भे नै गराएका थियौँ। त्यसले रुस्लानको सफलताको मूल कारकको रुपमा 'ब्रान्ड अवेयरनेश'लाई देखाएको थियो। नेपालको सन्दर्भमा 'ह्याङ ओभर' कम गर्ने अल्कोहलमा उपभोक्ताको चासो हुन्छ। त्यसकालागि 'डिष्टिलेसन' प्रकृया नै 'पर्फेक्ट' चाहिन्छ। हामीले लामो अनुभव र विदेशी विज्ञसमेत ल्याएर हाम्रो 'डिष्टिलेसन' प्रकृयालाई चुस्त र विश्वासिलो बनाएका छौँ। साथै हामीले बेला बेला प्याकेजिङ पनि परिवर्तन गर्यौँ। त्यसलाई पनि युवापुस्ताले रुचाए। स्वाभाविक पनि हो कुनै सुन्दर युवती हरेक दिन एउटै पोशाकमा हिँडेको भन्दा कपडा फेरेर लगाउँदा नै झन् राम्री देखिन्छिन्। 
 
अझ म के भन्छु भने हामी 'लिकर बिजनेस'मा होइन 'इन्टरटेनमेन्ट बिजनेस'मा छौँ। हो, त्यहाँ केही प्रतिशत अल्कोहल हुन्छ। तर, अल्कोहल त औषधिमा पनि हुन्छ। समग्रमा नेपालीले पिउने भनेको उत्सव र रमझमकालागि हो। 
 
हाम्रो सफलताको अर्को कारक भनेको रेमिट्यान्स पनि हो। रेमिट्यान्सको रुपमा गाउँ गाउँमा पैसा आउँदा त्यहाँ रमाइलो गर्ने चलन पनि बढेको छ। १५ बर्ष अघि हाम्रो ७० प्रतिशत ब्यापार काठमाडौंमा थियो भने अहिले ७५ प्रतिशत बिक्री काठमाडौं बाहिर छ। किनभने ७५ प्रतिशत रेमिट्यान्स राजधानी बाहिर नै आउँछ। 
 
साथै मल्टीनेशनल कम्पनीले परम्परागत इभेन्ट एवं समारोहमा प्रवर्द्धन गर्न जोड दिन्छन्। तर, मेरो बिचारमा नेपालमा चाहिँ 'इथ्निक' समुदाय र 'इथ्निक' इभेन्टमा जोड दिँदा राम्रो नतिजा हासिल गर्न सकिन्छ। त्यसैले हामीले ल्होसार, होली जस्ता चाडहरु मनाउन ठूलो रकम खर्च गरेर सहयोग पुर्याउँदै आएका छौँ। त्यसले ग्राहकसँगको हाम्रो सामिप्यता झनै बढी भयो।

उनीहरुले मलाई भनेकै छन्- राज यु आर नट बिल्डिङ मारुती, यु आर बिल्डिङ मर्सिडिज, ती दुईवटै गाडी हुन्। दुबैले एक गन्तव्यबाट अर्कोमा पुर्याउने हो। तर, गाडीमा बसिसकेपछि जुन अनुभव हुन्छ त्यो त बिल्कुल फरक हुन्छ। त्यसैले हामी बियरको 'रियल मर्सिडिज' बनाउन गइरहेका छौँ

हाम्रो नेपालमा केही ट्यालेन्ट भइयो र पारिवारिक रुपमा सफल भइयो भने यहाँ उद्योग व्यापारमा लाग्नेभन्दा बिदेश जाने त्यही करियर बनाउनमा जोड हुन्छ। तपाईँ विदेश पढेर यहाँ  आएर एउटा सफल स्टोरी बन्नुभयो। मतलव नेपालमा पनि सफलताको सिँढी उक्लिन सकिने रै छ?

 
पक्कै पनि। नेपाल जस्तो अवसर अरु मुलुकमा छैन। तर, त्यो सफलता हासिल गर्न एउटा निश्चित स्तरमा भने पुग्नुपर्छ। बाहिरको शिक्षा नेपालभन्दा धेरै 'स्ट्यान्डर्ड' छ। साथै त्यहाँको 'एक्स्पोजर'ले पनि धेरै काम गर्छ। मेरो सन्दर्भमा सफलताको राज खोल्दा हाम्रो पारिवारिक व्यापार मुख्य हो। हाम्रो पारिवारिक व्यापार थियो, त्यसमा मलाइ ग्रो गर्न धेरै सजिलो हुन्थ्यो।
 
त्यसै पनि नेपालमा धेरै अवसर छ। अरु विकसित मुलुकमा त सबै चिज गरिसकेको हुन्छ। अनि कसैले नयाँ गर्न चाहेर मात्रै के गर्ने?  म अस्ति अष्ट्रेलिया जाँदा थाहा पाएँ सिड्नीमा मात्र ४०० वटा ब्रुअरी रहेछ। यहाँ नेपालमा त ब्यापार गर्न धेरै बुद्धि पनि लगाउनु पर्दैन। एउटा ट्याङ्कर किनेर पानी मात्र बेच्नु भयो भने पनि पैसा कमाउन सकिन्छ। तर, नेपालले दीर्घकालीन फड्को मार्न भने यहाँ राजनीतिक स्थायित्व जरुरी हुन्छ।
 
तर तपाईँले त स्थायित्व नभएको अवस्थामा नै सफलता हासिल गर्नु भयो?
हो। स्थायित्व हुन नसकेको अवस्थामा पनि हामीले राम्रोसँग काम गर्न सक्यौं। किनभने त्यो बेला सबैले हात बिसाएका थिए। तर्सिएका थिए। के हो? के हो? भनेर काम नगरी बसेका थिए। मैले सोचें यहिँ मर्ने हो, यहिँ बाँच्ने हो, कोसँग भागेर के गर्ने? त्यसपछि मैले आफ्नो कामलाई बिसाइँन। अरु कम्पनीहरु पूरै रक्षात्मक बन्दा पनि मैले आफ्नो आक्रमक बजार बिस्तारलाई रोकिनँ। एक किसिमले यो महत्वपूर्ण जोखिम पनि थियो। 
 
हरेक स्थानमा डिष्ट्रिब्युटरसँग निरन्तर सम्पर्कमा रहेर उनीहरुबाट स्थानीय सूचना लिन्थेँ। जस्तो, हाम्रो उद्योग वीरगंजमा छ, बुटवलमा चार दिन पछि हड्ताल हुन लागेको छ भने रातारात ट्रक भरेर बुटवलबाट सामान कटाइहाल्थ्यौँ। त्यस्तो गर्दा स्थायित्व हासिल हुन नसकेको समयमा हाम्रो बिक्री झनै बढ्यो। किनभने बन्दको बेला त स्थानीयले के गरेर बस्ने? साथीहरु बोलाउने टिभी हेर्ने, मनोरञ्जन गर्ने त हो। बन्दको बेला हाम्रो रुस्लान, रोयल स्ट्यागको स्टक सकिन्थ्यो। उपभोक्ता त्यसपछि अरु प्रोडक्ड समेत बाँकी राख्दैन्थे। हामीले स्टक प्रेसर मिलाउन सफल भयौं। त्यसबाट हामीले ग्रोथलाई मेन्टेन गर्न सक्यौं। यो मान्यता मदिरा मात्र होइन सिमेन्ट, रड जस्ता म्यानुफ्याक्चरिङ उत्पादनमा लागु भएको थियो।

रुस्लान त नेपालमा 'होम मेड' ब्रान्डमा सफलताको 'युनिक स्टोरी' नै बनिसकेको छ। ब्रान्डलाई यति धेरै सफल बनाउन के 'कम्पोजिसन'ले काम गर्दो रहेछ?
 
यसमा कुनै एउटा मात्र कारण छैन। यसको सबैभन्दा पहिलो सर्त भनेको गुणस्तर नै हो। साथै स्वाद पनि उत्तिकै महत्वपूर्ण हुन्छ। जति नै उच्चकोटीको मदिरा भए पनि स्वाद मिठो भएन भने ग्राहकले खाँदैनन्। साथै प्रवर्द्धन र बजारीकरणको पनि उत्तिकै हात हुन्छ। 

हाम्रो २०० जनाको मार्केटिङ टिम दिनमा २५ सय वटा पसल भेट्न जान्छ। पसलेसँग उनीहरुको व्यक्तिगत तहमा नै सम्बन्ध छ। अरु कम्पनीका स्टाफ एउटा पसलमा मुस्किलले ६० दिनमा पुग्छन् होला। हाम्रा साथीहरु कतिपय पसलमा त दिनहुँ नै पुग्नु हुन्छ। नभए पनि सातामा तीन पटक त जान्छन्। खुद्रा बिक्रेतासँगको यस्तोखाले व्यक्तिगत सम्बन्धले पनि हामीलाई धेरै राम्रो गरेको छ। हाम्रो टर्न ओभर पनि राम्रो छ। ७/७ दिनमा सामान विक्री हुन्छ। यसले उनीहरुलाई समेत राम्रो रिटर्न दिन्छ। त्यसैले ट्रेड, मार्केटिङ, प्रोडक्सन, प्याकेजिङ सबै टिमको होष्टेको कारण रुस्लान यो अवस्थामा आइपुगेको हो।


तपाईँहरु बियर उद्योगमा पनि जाँदै हुनुहुन्छ। नेपालको बियर बजारलाई कुन हदसम्मको प्रतिश्पर्धी मान्नुपर्ला?
अझै पनि त्यो भन्ने बेला भइहालेको छैन। सस्तो मूल्यमा पाइने उत्पादनमा केही प्रतिश्पर्धा भए पनि प्रिमियम ब्रान्डमा प्रतिश्पर्धाको अवस्था आएको छैन। गोजीमा सिमित पैसा हुने उपभोक्ताले मदिरामा सस्तो ब्रान्ड खोजेजस्तै कम मूल्यमा बियर खोज्ने प्रवृत्ति चाहिँ बढेको छ। त्यो त धेरै हदसम्म पसलेको हातमा पनि हुन्छ। यस्तो उत्पादनमा पसलेलाई धेरै राम्रो स्किम दिइएको छैन भने उसले ती उत्पादनप्रति सकारात्मक शब्द नबोलिदिन सक्छ। त्यसैले यस्ता उत्पादन बेच्न प्रतिश्पर्धा हुन थालेको छ। 
 
नेपालमा आयात गरिएका प्रिमियम ब्रान्डका बियरको मूल्य झण्डै दोब्बर/तेब्बर छ। त्यसैले ती वियर प्रतिश्पर्धामा हुने कुरै आएन। दोस्रो नेपालीको स्वाद युरोपेलीसँग मिल्दैन। अहिले एउटा वियर आएको छ। युरोपियनले एकदमै मन पनि पराएका छन्। तर, नेपालीले खासै रुचाउन सकेका छैनन्। किनभने त्यो बियरको स्वाद युरोपेली शैलीको छ। 
 
त्यसैले नेपाली स्वादमा स्वदेशमा उत्पादित प्रिमियम बियर अहिलेसम्म सिमित मात्रामा छन्। त्यही कारण प्रतिश्पर्धाको सामना गर्नु नपरेको हो। एउटै कम्पनीको ९० प्रतिशत हाराहारी बजार हिस्सा छ। अरु ६/७ वटा कम्पनी त छन् तर उनीहरुको टार्गेट पनि तल्लो लेभलमै बढि देखिन्छ। हाम्रो फ्याक्ट्री (राज ब्रुअरी) त्यो लेभलको बियरका लागि डिजाइन नै गरिएको होइन। जर्मनीको प्रिमियम बियर वार्सटाइनरको फ्राञ्चायजी लिएका छौँ। बियर प्लान्टका लागि हामीले साढे तीन अर्ब रुपैयाँ लगानी गरेका छौँ। उक्त लगानीमा मैले भारतीय प्लान्ट लगाएको भए त्यो फ्याक्ट्री १२ गुणा ठूलो हुने थियो। तर, मलाइ त्यसमा रुची छैन। सस्तो उत्पादन बेचेर नाफा कमाउँला भन्ने मलाइ लागेको छैन। धेरै नाफा नहोला तर प्रिमियन उत्पादन नै बेच्ने हो। 
 
त्यसैले जर्मन प्लान्ट लगाएको छु। मेरो सपना भनेको नेपाललाई बियर डेष्टिनेशन बनाउने हो। १० बर्ष अघि भारत जाँदा त्यहाँको बियर मिठो लाग्दैन थियो। अहिले भारतीय बियरको स्वाद धेरै सुध्रिसकेको छ। तर, नेपाली बियर चाहिँ पहिले जस्तो राम्रो छैन। किनभने यहाँ रहेका सबै फ्याक्ट्री पुराना भैसके। हरेक फ्याक्ट्री स्थापना भएको २५ बर्ष नाघिसकेको छ। बियरमा ७० प्रतिशतसम्म कनिका नै हालेका छन्। त्यसैले एउटा अन्तर्राष्ट्रिय क्वालिटीको बियर ल्याउन लागेका हौँ।
 
तपाईँहरुले नयाँ बर्षमै बियर बजारमा ल्याउने लक्ष्य राख्नु भएको थियो। त्यस यता पनि पाँच महिना बित्न लागेको छ। यो ढिलाइमा 'अपर्च्युनिटी कष्ट' गुमेको छैन?
हो। उद्योग तयार नै छ तर केही प्राविधिक शुभसाइत जस्ता कुराले केही समय लगाएको हो। तर केही काम रातारात तयार हुन पनि सक्दैन। अनि गुणस्तर कायम गर्नु पनि चानचुने कुरा होइन। हामीले यस्तो प्लान्ट बनाएका छौं, जुन नेपालमा त के दक्षिण एशियामै छैन। त्यसले समय त लागि हाल्यो। मेरो टेक्निकल अडिट टिम जर्मनीबाट आउँछ। उनीहरु यति धेरै सेन्सेटिभ छन् कि पोइन्ट दुई एमएमको फरक आउँदा पनि यो फ्याकिँदेउ भन्छन्। 
 
उनीहरुले मलाई भनेकै छन्- राज यु आर नट बिल्डिङ मारुती, यु आर बिल्डिङ मर्सिडिज (राज तिमी मारुती बनाइ रहेका छैनौ, मर्सिडिज बनाउँदैछौ।) ती दुईवटै गाडी नै हुन्। दुबैले एक गन्तव्यबाट अर्कोमा पुर्याउने हो। तर, गाडीमा बसिसकेपछि जुन अनुभव हुन्छ त्यो त बिल्कुल फरक हुन्छ। त्यसैले हामीले बियरको 'रियल मर्सिडिज' बनाएका छौँ। 
 
मुनाफामा अलिकति लोभ गरेको भए मैले गत बर्ष नै बजारमा बियर ल्याउन सक्ने थिएँ। तर, मैले जुन तहको 'एकुरेसी र पर्फेक्सन' खोजेको छु त्यसका लागि केही समय लाग्नु स्वाभाविक नै हो। गुणस्तर र स्वाद पनि एक पटक राम्रो भएर हुँदैन। यसमा निरन्तरता चाहिन्छ। म कसैको नाम लिन चाहन्न। तर, नेपालमा यस्ता यस्ता बियर छन् जुन एक र अर्को पटक खाँदा स्वाद नै अर्कै पाइन्छ। त्यो त ग्राहकले त मन पाउँदैनन्। अब हाम्रो अल्कोहल नै हेर्नुस्, यसमा कति राम्रो 'कन्सिस्टेन्सी' छ।
 
वार्सटाइनर युरोपको फेमिली बिजनेशमा चलेको सबैभन्दा ठूलो बियर फ्याक्ट्रि हो। यो बियर उत्पादक क्रामर परिवार युरोपमा साँच्चै सम्मान्नित छ। उनीहरुको फ्याक्ट्रीको मूल्य नै चार अर्ब युरोभन्दा बढि छ। ४०० हेक्टर क्षेत्रफलमा यति दील खोलेर त्यो फ्याक्ट्री बनाइएको छ कि जुन कुनै बहुराष्ट्रिय कम्पनीले गर्नै सक्दैनन्। त्यो फेमिलीले मात्र सक्छ

भनेपछि उपभोक्ताले यो बियर टेष्ट गर्ने दिन कहिले जुर्ला?

चाँडै नै जुर्छ। अब पनि के छ भने हामी त 'लिकर बिजनेस'मा पनि छौँ। दशैं आयो। यो हाम्रो लागि मदिराको समय हो। अहिले मेरो नयाँ चारवटा ब्रान्ड आउन लागेका छन्। रम, ब्रान्डी, स्काच र रुस्लान भोड्कामा पनि प्रिमियम ल्याउँदैछौँ। त्यसैले अहिले म हार्ड ड्रिङ्क्सकै ब्यापारमा धेरै व्यस्त छु। म जब यी हार्डड्रिङ्क्सका काम सक्छु त्यसपछि बियर ल्याउने हो। 
 
हामीले ल्याउन लागेको बियरको स्वाद स्थानीय बजारमा उपलब्धभन्दा बिल्कुलै फरक हुनेछ। हामी लक्ष्यभन्दा पछि त छौँ तर म खुसी छु किनभने कुनै मिस्टेक बिना बजारमा जाने गरी हामीले काम गरिरहेका छौँ। यहाँ ठूलो बजार हिस्सा लिएको गोर्खा ब्रुअरीसँग प्रतिश्पर्धा गर्ने सोच्नुहुन्छ भने तपाईँमा त्यति तयारी अपरिहार्य पनि छ। गोर्खा ब्रुअरी साँच्चिकै 'एड्मायरेबली' कम्पनी हो। उसको भोल्युमदेखि बजारसम्म सबै ठूलो छ। कार्ल्सबर्ग भनेको आफैंमा ठूलो ब्रान्ड हो। यस्तो ब्रान्डसँग प्रतिश्पर्धा गर्न पहिलो तयारी नै गुणस्तरमा हुनुपर्छ। त्यसैले म धेरै हतारमा छैन।
 
तपाईँ आफैं लिकर इन्डष्ट्रिजमा छैटौँ पुस्ताको सदस्यको रुपमा हुनुहुन्छ। तपाईँहरुले जर्मनीको नवौँ पुस्ताको फेमिलीले चलाइरहेको वार्सटाइनर बियर ल्याउँदै हुनुहुन्छ। यो 'कम्बिनेसन' कसरी बन्यो?
वार्सटाइनर युरोपको फेमिली बिजनेसमा चलेको सबैभन्दा ठूलो बियर फ्याक्ट्री हो। यो बियर उत्पादक क्रामर परिवार युरोपमा साँच्चै सम्मान्नित छ। उनीहरुको फ्याक्ट्रीको मूल्य नै चार अर्ब युरोभन्दा बढि छ। ४०० हेक्टर क्षेत्रफलमा यति दिल खोलेर त्यो फ्याक्ट्री बनाइएको छ कि जुन कुनै बहुराष्ट्रिय कम्पनीले गर्नै सक्दैनन्। त्यो फेमिलीले मात्र सक्छ। क्रामर फेमिलीसँग एक रुपैयाँ ऋण पनि रहेनछ।
 
वार्सटाइन यो जर्मनीको एक नम्बर परिवारको स्वामित्वमा छ। त्यो परिवारलाई नाफासँग मतलब छैन तर गुणस्तरमा भने एकरत्ति सम्झौता गर्न मान्दैन्। मल्टिनेशनलभन्दा यही मानेमा उक्त परिवार ठिक उल्टो छ। नाफाको लोभमा डुब्ने बित्तिकै गुणस्तरमा सम्झौता भइहाल्छ।
 
वार्सटाइनर गुणस्तरमा साँच्चिकै अब्बल छ र स्वाद पनि उत्तिकै मिठो छ। मैले विश्वका धेरै मुलुकमा बियर खाएको छु। यो बियर नेपालीका लागि साँच्चिकै सहज र स्वादिलो हुन्छ भन्ने मेरो विश्वास छ। मैले यसलाई पिउन साँच्चिकै आनन्द आउने थोरै बियर मध्येमा नै पाएको छु।
 
कार्ल्सवर्ग वा हेनेकेन भन्दा १०० बर्ष पुरानो वार्सटाइनरका चारवटा फ्याक्ट्री छन्। साउथ अमेरिका र रसियामा पनि उनीहरुले काम गरिरहेका छन्। परिवारले चलाएको हो। अहिले नवौँ पुस्ताले ह्यान्डल गरिरहेको छ र दशौँ पुस्ता पनि अब हुर्किसकेको छ। 
 

कसरी भेट्नु भयो त्यस्तो परिवार?

अहिले उनीहरुको परिवारको एक छोरीले व्यवस्थापन हेरिरहेकी छन्। जो मभन्दा दुई बर्ष कान्छी छन् र केही नयाँ गर्न खोजिरहेकी छन्। मल्टिनेशनल जस्तो पैसामुखि नहुने वित्तिकै सिङ्गो कम्पनी पनि एउटा परिवारकै रुपमा चलेको छ। मल्टिनेशनलमा कुनै कर्मचारी धेरै उच्च ओहदामा पुग्यो या धेरै तलव खाने भयो भने उसलाई बाहिर निकाल्ने खेल सुरु भइहाल्छ। तर वार्सटाइनरमा ४०/५० बर्षदेखि काम गरिरहेका स्टाफहरु अहिले पनि उत्तिकै खुसी छन्। अर्को त जर्मनीमा फेमिली बिजनेसलाई धेरै इज्जत पनि दिइन्छ। 
 
उनीहरुले पहिलो पटक हामीलाई फ्रान्चायजी दिएका हुन्। 'एसिया र अफ्रिका अबको बजार हो। त्यसमा पनि अफ्रिकामा कैयन् अफ्ठ्यारा छन्। एसियामा चीन, जापान, भारत जस्ता मुलुकमा धेरै प्रतिश्पर्धा छ। त्यसको तुलनामा नेपालमा सानो बजार भए पनि राम्रो मार्जिन छ' भनेर बुझाएँ। आफू पनि फेमिली बिजनेसकै पृष्ठभूमीबाट आएको बताएँ। र, अन्त्यमा तिम्रो बियरलाई सर्बोच्च शिखर सगरमाथा (माउन्ट एभरेष्ट) पुर्याउँछु भन्ने 'म्याजिक वर्ड' सुनाएँ। यो सुनेपछि उनीहरु तुरुन्तै राजी भए। किनभने उनीहरुलाई नेपाल भन्ने नै थाहा थिएन। माउन्ट एभरेष्टमात्र थाहा थियो।
 
यति हुँदा पनि हामी असफल हुने ९० प्रतिशत सम्भावना छ। हामीले सफलता हासिल गर्न सक्ने एउटै बलियो आधार हो- म अहिले पनि लिकर ब्यवसायमा छु। यदि म लिकर बिजनेसमा हुन्थेँन भने यो फ्याक्ट्री कहिल्यै खुल्ने थिएन। कतिपय फरक बिजनेसका साथीहरु पनि अहिले बियर उद्योगमा आउनु भएको छ। उहाँहरु प्रति मेरो शुभेच्छा नै छ। तर, त्यति सजिलो हुन्छ जस्तो लाग्दैन। हाम्रो सन्दर्भमा चाहिँ हिजो लिकर बेच्दै थियौँ, आज बियर बेच्छौँ, त्यही नेटवर्किङले काम गर्छ। ग्राहक पनि बेलुका भोड्का खानेले दिउँसो खानुपर्दा बियर खान सक्छन्। पहिला इभेन्ट गर्दा पनि हामीले अर्काको बियर दिनुपर्थ्यो। 
 
हामीले यो फ्याक्ट्रीमा उनीहरुको कुनै लगानी ल्याएका छैनौँ। उनीहरुले तोकेका सबै मापदण्डमा आफैंले लगानी गर्ने भनेर कन्भिन्स गरेका हौँ। 


 
तपाईँले एउटा पब्लिक लिमिटेड कम्पनी पनि लिड गरिरहनु भएको छ। नेपालमा म्यानुफ्याक्चरिङ क्षेत्रको पब्लिक लिमिटेड कम्पनी अगाडि बढाउन कति चुनौतीपुर्ण छ? 
 
म चाहेर त पब्लिकमा गएको थिइँन। त्यसका लागि एउटा बाध्यता सिर्जना भएको थियो। मेरो फ्याक्ट्रीमा ढुङ्गामुढादेखि बिभिन्न अराजक गतिविधी भएपछि हामीले आफ्नो शेयर बेच्न बाध्य भएका थियौं। अब कम्पनी पब्लिक लिमिटेड नै बनिसकेपछि त्यही ढंगले चलाउनु पर्यो। यसमा औपचारिकताहरु धेरै छन्। 
 
जस्तो प्राइभेट कम्पनी चलाउँदा घरको पैसा पनि ल्याएर लगानी गर्न सकिन्छ तर पब्लिकमा त्यो मिल्दैन। यस्ता प्रकृयामा काममा केही ढिलाइ त हुने नै भयो। त्यस बाहेकका ठूला समस्या झेल्नु परेको छैन किनभने हाम्रो परिवारको मूल मान्यता भनेकै हामी पारदर्शितामा विश्वास गर्छौँ। कर छली लगायतका अवान्छित गतिविधी हामी कहिल्यै पनि गर्दैनौँ। साथै पब्लिक कम्पनीमा आम सर्वसाधारणको 'सिम्प्याथी' पनि जोडिएको हुन्छ भनेर मैले आफ्ना निजी कम्पनीभन्दा धेरै चासो र चिन्ता हिमालयन डिष्टिलरीमा नै दिने गरेको छु। 
 
त्यसले मेरो इमेजलाई पनि चम्किलो बनाउँछ। नेपालका धेरै व्यवसायीलाई आफ्नो इमेजको मतलव हुँदैन। तर, वास्तवमा सबैभन्दा ठूलो पूँजी या प्राप्ति भनेको त इमेज नै हो। हाम्रो परिवारका लागि चाहिँ 'गुड विल'ले पहिलो प्राथिमकता पाउँछ।
 
यसको मतलव नेपालमा चलिरहेका अरु फेमिली बिजनेश पब्लिकमा कन्भर्ट हुँदा पनि राम्रो गर्न सक्छन् भन्ने हो?
पब्लिक लिमिटेड कम्पनीबाट परम्परागत बिजनेसलाई जुन लाभ प्राप्त हुनुपर्ने हो त्यो अहिले छैन। बैंक जस्ता केही क्षेत्रमा पब्लिकमा शेयर फ्लोट गर्ने केही समय होल्ड गर्ने र कुस्त नाफा लिएर बेच्ने अवस्था देखिएको छ। 
 
बैंक तथा बीमा कम्पनीको १०० रुपैयाँको शेयर पाँच हजार भएको छ। त्यसपछि बेचेर राम्रो फाइदा लिएको उदाहरण पनि देखिएको छ। तर, म्यानुफ्याक्चरिङमा त्यस्तो छैन। उद्योग भनेको त लामो सपनासहित खोलिन्छ। त्यसैले यो क्षेत्रले कोल्टे फेर्न लामै समय लाग्छ।