असोज ७ गते भृकुटी मण्डपमा सेकुवा मेला, १५०० को टिकट काटेपछि चाहेजति परिकारको सेकुवा पाइने

बिजमाण्डू
२०७४ भदौ २२ गते १२:३५ | Sep 7, 2017
असोज ७ गते भृकुटी मण्डपमा सेकुवा मेला, १५०० को टिकट काटेपछि चाहेजति परिकारको सेकुवा पाइने
काठमाडौं । बाजेको सेकुवाले असोज ७ गते भृकुटी मण्डपमा ‘सेकुवा मेला २०७४’ आयोजना गर्ने भएको छ। टुबोर्ग बियरले प्रायोजन गर्ने मेला दिउँसो ३ देखि राती ९ बजेसम्म चल्ने जनाइएको छ। 
 

Tata
GBIME
Nepal Life
मेलामा सेकुवा पारखीहरुले बाजेको मसलामा मोलिएका विभिन्न २० थरीका भेज तथा ननभेज सेकुवाका परिकारको स्वाद लिन पाउनेछन्।

मेलाको मूख्य आकर्षणमध्ये होल मटन बार्बिक्यु रहने जनाइएको छ। जसलाई बाजेको विशेष प्रकारको मसला प्रयोग गरी रोटरमा ग्रिल गरिनेछ। सेकुवाका परिकार बाहेक मेलामा सहभागि हुनेले विभिन्न पेयपदार्थको पनि मज्जा लिन सक्नेछन्।

मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्याण्डको लाइभ सांगीतिक प्रस्तुती अर्को आकर्षण हुनेछ। त्यस बाहेक बालबालिकाको लागि छुट्टै मनोरञ्जनात्मक गतिविधीको व्यवस्था गर्ने जनाइएको छ।

१५ सय रुपैयाँको टिकट काटेर मेलामा सहभागि भएपछि चाहेजति परिकारका सेकुवा तथा एउटा ‘कम्प्लिमेन्ट्री’ पेयपदार्थ  पाइनेछ। १२ वर्ष मुनिका बालबालिकालाई विशेष छुट सहित ९०० रुपैयाँमा नै टिकट उपलब्ध गराउने जनाइएको छ। साथै अग्रिम टिकट खरिद गर्नेले १० प्रतिशत छुट समेत पाउनेछन्।


कर्पोरेट तथा सामुहिक टिकट खरिदमा विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। बाजेको सेकुवाका सबै शाखा तथा रोयल इभेन्ट, तीनकुने कोटेश्वरबाट टिकट खरिद गर्न सकिनेछ। त्यस बाहेक दराज डट कम डट एनपीबाट अनलाइन टिकट खरिद पनि गर्न सकिनेछ। 
 
बाजेको सेकुवाले यसअघि अष्ट्रेलिया तथा मकाउका ‘फुड फेष्टिवल’मा सहभागिता जनाएको थियो।

सन् २०१३ मा मकाउको फिसरम्यान वार्थमा आयोजित अन्तराष्ट्रिय बियर, वाईन र खाना फेष्टिवलमा बाजेको सेकुवाले वेष्ट फर्मरमेन्स अवार्ड प्राप्त गरेको थियो।

त्यस्तै अष्ट्रेलियाको सिड्नीमा सन् २०१७ अप्रिलमा “टेष्टिङ्ग नेपाल” कार्यक्रममा विशिष्ट प्रदर्शन गर्न सफल भएको थियो।

त्यसपछि नेपालमा पनि यस्ता कार्यक्रम गर्नुपर्छ भन्ने सोच पलाएको कम्पनीका अध्यक्ष चेतन भण्डारीले बताए।