रुस्लानको प्रायोजनमा हिडेन ट्रेजर अविरल यात्रा २०७४, दीपक जंगमको सांगितिक प्रस्तुती रहने

बिजमाण्डू
२०७४ भदौ २३ गते ०६:४७ | Sep 8, 2017
काठमाडौं । द हिडेन ट्रेजरले 'दोस्रो अविरल यात्रा- २०७४ दीपक जंगम' आउँदो असोज ४ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गर्ने भएको छ। कार्यक्रम संगीतकार दीपक जंगम सहित बिभिन्न कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ। संस्थाले पहिलो अविरल यात्रा यादव खरेलको साथमा गरेको थियो। 
 
मौलिक एवं आधुनिक नेपाली संगीतको श्रीवृद्धिमा पुनर्जागरण अभियान नै हाँकेका जंगमको साथमा हुने अविरल यात्राले सांगितिक पारखीहरुलाई विशिष्ट स्वाद दिने आशा लिएको हिडेन ड्रेजरले जनाएको छ। यात्रामा दीप श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, कर्ण दास, तारा थापा, अजर जंगम, संगीता राणा, नीशा देशार, बानिक प्रधान, सुमन श्रेष्ठ र शैलेश श्रेष्ठको पनि सहभागिता रहनेछ।
 
कार्यक्रमको मूख्य प्रायोजकमा रुस्लान रहेको छ। नेपाली संगीत सम्बृद्धिको दिशा तर्फ लम्कन लागेको अनुभुतिका आधारमा दोस्रो पटक मूख्य प्रायोजकको रुपमा सहभागिता जनाएको कम्पनीको भनाइ छ। 
 

Tata
GBIME
Nepal Life