सेयर बजारमा चमक फर्कियो, ३७ अंकको उचाइसँगै १५ सय ३० अंक छोयो, कारोबार बढेन

बिजमाण्डू
२०७४ भदौ २९ गते १५:४९ | Sep 14, 2017
काठमाण्डौं। १५०० अंकबाट तल ओर्लिएको सेयर बजारको चमक आएको छ। सेयर बजार बिहीबार ३७.११ अंकले बढेर १५३०.३१ अंकमा उक्लिएको छ। बिहिबार बजार १४९३ अंकमा ओर्लिएको थियो। 
 
गत बिहिबार १५५४ अंकमा रहेको बजार बुधबारसम्म ६१ अंकले घटेर १४ सय अंकको लाइनमा ओर्लिएको थियो। कारोबारको सुरुवातदेखि नै बढ्न सुरु गरेको बजार बिहीबार कारोबारको अन्तिम समयसम्मै बढेर बन्द भएको हो।
 
सूचकमा वृद्धि देखिए पनि कारोबार रकम औसत देखिएको छ। पछिल्लो समय बजारमा एक अर्ब हाराहारीको कारोबार हुने गरेको भएपनि बिहीबार ६३ करोड रुपैयाँमा कारोबार रकम समेटिएको छ। १६१ कम्पनीका ११ लाख ७० हजार कित्ता शेयर किनबेच भएको थियो। सबैभन्दा बढि नेपाल लाइफको तीन करोड रुपैयाँको कारोबार भएको छ।
 
भिजन सेक्युरिटीका अध्यक्ष राजकुमार तिमल्सिनाले शेयरको आपूर्ति बढि भएर बजार सुचक घटेको भए पनि बिहीबार खरीद चाप बढेकाले सुचक उक्लिएको जानकारी दिए। 
 
कारोबारमा आएका सबै उपसुचक बढेका छन्। बैंकिङ ३६.९७, ट्रेडिङ् १७.१४, होटल ४३.६, विकास बैंक २३.९१, जलबिद्युत १५.०२, फाइनान्स २६.३९, बीमा २४९.०८, उत्पादन मुलक ३४.११ र अन्य १०.४१ अंकले बढेको छ।
 
आजदेखि कारोबार खुलेको विशाल बजार कम्पनीको सबैभन्दा बढि मूल्य १० प्रतिशत बढेको छ। नेशनल माइक्रोफाइनान्सको करिब १० प्रतिशतनै मूल्य घटेको छ।

Tata
GBIME
Nepal Life