इन्भेष्टमेन्ट बैंकको लाभांसले लगानीकर्तालाई जिल्ल्याए’ पछि नेप्सेले तयार पार्यो यस्तो फारम

बिजमाण्डू
२०७४ भदौ ३० गते १६:०९ | Sep 15, 2017
काठमाण्डौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांसको त्रुटीपूर्ण सुचना दिएर लगानीकर्तामा अनिश्चितता श्रृजना गरेपछि नेपाल धितोपत्र बोर्डले त्यस दिनको कारोबार खारेज गरेको थियो। 
 
वोर्डले कारोबार खारेज गर्न लगाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आगामी दिनमा लाभांसको सुचना दिँदा कमीकमजोरी नहोस् भनेर सुचिकृत कम्पनीहरुलाई लाभांस घोषणाको सुचना दिने 'नमुना' फारम नै तयार पारेको छ।
 
बोर्डले गत २१ गते भएको नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर कारोबारमा भएको त्रुटी बारेमा एक साताभित्र जानकारी दिन मंगलबार नेप्सेलाई निर्देशन दिएको थियो।
 
नेप्सेले सुचिकृत कम्पनीलाई शुक्रबार सुचनाका बारेमा ध्यानाकर्षण भन्दै सुचना दिने फारम विकास गरेको हो। 
 
नेप्सेको निर्देशन अनुसार, अबदेखि कम्पनीहरुले सबै कुरा खुलाएर अंक र अक्षर दुबैमा सुचना दिनु पर्ने छ। 

Tata
GBIME
Nepal Life