लामो बिदामा कतै घुम्न चाहनुहुन्छ? ट्राभल एजेन्सीको होलिडे प्याकेज, ३३ हजारमै बाली र इजिप्ट टुर

बिजमाण्डू
२०७४ भदौ ३१ गते ११:२७ | Sep 16, 2017
लामो बिदामा कतै घुम्न चाहनुहुन्छ? ट्राभल एजेन्सीको होलिडे प्याकेज, ३३ हजारमै बाली र इजिप्ट टुर


काठमाडौं। बिभिन्न ट्राभल एजेन्सीहरुले दशैंको बिदाको समयमा घुम्ने योजना बनाएकाहरुको लागि होलिडे प्याकेजहरु सार्वजनिक गरेका छन्। 

Tata
GBIME
Nepal Life


मध्यमबर्गलार्इ लक्षित गर्दै बनाइएको होलिडे प्याकेजहरुले कम खर्चमै बिदेश घुम्न सकिने अफरहरु राखिएको छ।लेजर टुर एण्ड ट्राभलले  दुबर्इ, सिङ्गापुर, थाइल्याण्ड, मलेसिया, बाली, इजिप्ट र श्रीलंकाको लागि टुर प्याकेज राखेको लेजर टुरका व्यापार व्यवस्थापक सुजन लामाले बताए।अरुबेला यूरोप र एसियाली देशहरुको प्याकेज बनाउँदै आएको लेजर ट्राभल्सले चाडपर्व बिदालार्इ लक्षित गर्दै  इन्डोनेशियाको बाली, इजिप्ट र श्रीलंका लगायतका देशमा टुर प्याकेज राखेको हो।
 
थाइल्याण्डलार्इ भन्दा नयाँ गन्तब्यहरुमा मानिसको रुचि बढेकाले  श्रीलंका, इन्डोनेशिया र श्रीलंकाजस्ता देशहरुमा आफुहरुले टुर प्याकेज दिएको लामाले बताए।बाली जानेहरुले ३२ हजार ९ सय रुपैयाँमा चार रात पाँच दिन घुम्न सक्ने लेजर ट्राभलले अफर दिएको छ। ट्राभल एजेन्सीले होटलमा बस्ने साथै ए ग्रेडको  क्रुजमा डिनरको  प्याकेज राखेको जनाएको छ।  बिभिन्न स्थानहरुको साइट सिइङमा जाँदा निशुल्क पिक एण्ड ड्रपको सुविधा दिने पनि लामाले बताए। नेपालबाट बालीसम्म जाने  हवाइ टिकटको मुल्य भने प्याकेजमा जोडिएको छैन। 
 
बाली जाँदा निशुल्क अनएराइभल भिसा उपलब्ध गराइने  र  पर्यटकहरुले सुरुमै हवार्इ टिकट र होटेल बुकिङ गर्नुपर्ने प्रावधान राखिएको लामाले बताए।अहिलेसम्म  ८८ जनाले कम्पनीको यो प्याकेज बुक गरेको लामाको भनार्इ छ। इजिप्ट भ्रमणमा जानेको लागि पनि आफूहरुले  ४ रात ५दिनको एकोमोडेसन, वेड एण्ड ब्रेकफास्ट सहितको टुर प्याकेज राखेको बताइएको छ।

हवार्इ शुल्क बाहेक ३२ हजार ९ सय रुपैयाँमै ४ दिन इजिप्ट घुम्न सकिने लामाले बताए । इजिप्ट टुरका लागि दुताबासको सहयोगमा तीन दिनमै भिसा र अग्रिम टिकट उपलब्ध गराएको  एजेन्सीले जनाएको छ। डिस्कभरीङ श्रीलंका ४ रात ५ दिनको टुर प्याकेजमा ग्राहकहरुले क्यान्डी, नेगोम्वो लगायतका शहरहरु अवलोकन गर्न सक्ने लामाले बताएका छन्। अनएराइभल भिसा दिने यस योजनामा  हवार्इ टिकट  बाहेक प्रति व्यक्ति ३५ हजार ६ सय मूल्य तोकिएको छ।
 

यसैगरी श्रीलंकाकै नेगोम्बो प्याराडाइज बीच होलिडे प्याकेज अन्तर्गत नेपाली पर्यटकहरुले हवार्इ शुल्क बाहेक २८ हजार ९ सयमा ७ रात ८ दिन एकोमोडेसन, बेड एन्ड ब्रेकफास्टको सुविधासहित समुद्र क्षेत्रमा रमाइलो गर्न सक्ने लामाले बताए। प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले दशैं तिहार बिदामा मलेसिया, श्रीलंका र दुबर्इ लगायतका देशका टुर प्याकेज बनाएको बजार अधिकृत अनुज कार्कीले बताए। एकोमोडेसन , बीबी प्लान(बेड एण्ड ब्रेकफास्ट ), फ्री भिसा, मलेसिया र सिंगापुर बीच फ्री एयरफेयर  समावेश भएको मलेसिया र सिंगापुरको टुर प्याकेजमा नेपाली पर्यटकहरुले बजेट होटलकालागि प्रति व्यक्ति ५९ हजार ९ सय ९९ रुपैयाँ र स्ट्याण्डर्ड थ्री स्टार होटलको लागि प्रति व्यक्ति ६४ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने प्रावधान राखिएको कार्कीले जानकारी दिए।


उक्त प्याकेजमा पर्यटकहरुले   सेन्टोसा आइल्यान्ड, नाइट सफारी, युनिभर्सल स्टुडियो, केवल कार राइड, एक दिनको सनवे गोन थिम पार्क ट्रिप, क्वालालाम्पुर टुर, केएल टावर टिकट, ट्विन टावर टिकट मेलाका टुर लगायतका आकर्षक सुविधाहरु उपभोग गर्न सक्ने कार्कीको भनार्इ छ।यसैगरी  थ्री स्टार होटलमा ब्रेकफास्ट सहितको ४ दिने नाइट एकोमोडेसन, एयर अरेवियामार्फत राउण्ड ट्रीप, फ्री भिसा लगायतका सुविधा समावेश भएको दुबर्इ प्याकेजमा नेपाली पर्यटकहरुले फेरारी वर्ल्डसहित अवुधाबी ग्राण्ड मस्क घुम्न सक्छन् भने बुर्ज खालिफा, वाइल्ड वादी वाटर पार्क, बक्वाभेन्चर र लस्ट च्याम्वर, डल्फीन सो, दुवाइ एक्युरियम, अन्डरवाटर जु, दुबर्इ  मल, बलिउड थिम पार्क लगायतका स्थानहरु घुम्ने  प्याकेज  रहेको कम्पनीकी बजार प्रबन्धक निती शाहले बताएकी छन्।
 
अघिल्लो वर्षमा जस्तो दशैं तिहारको विदामा विदेश भ्रमण गर्न जानेहरु कम भएको एस ट्राभलका व्यवस्थापक राजु पन्तले बताए। एसियाली र यूरोपेली देशहरुमा आउटबन्ड टुर प्याकेज दिँदै आएको एस ट्राभलले यसपाली एसियाली मुलुकको लागि आउटबन्ड टुर प्याकेज राखेको पन्तले जानकारी दिए।
थाइल्याण्ड, दुबर्इ, मलेसिया, बाली लगायतका राष्ट्रहरुमा आउटवन्ड टुर प्याकेज मध्यमवर्गीय देखि उच्च वर्गलार्इ समेत लक्षित रहेको उनले बताए।  ४ दिन ५ रातको उक्त टुर प्याकेजमा एस ट्राभलले हवार्इ टिकट, एकोमोडेसन, बेड एण्ड ब्रेकफास्टको व्यवस्था राखेको छ।

थाइल्याण्ड, दुबर्इ, मलेसिया, बाली लगायतका विभिन्न देशहरुमध्ये एउटा देश भ्रमणमा प्रति व्यक्ति  ६० देखि ७५ हजार रुपैयाँसम्म शुल्क राखिएको कम्पनीले जनाएको छ। दशैंतिहारको होलिडे प्याकेजमा  ८० प्रतिशत बुकिङ भइसकेको पन्तले जानकारी दिए।अर्बिट इन्टरनेशनल ट्राभलका प्रवन्ध निर्देशक द्रोण निरौला दशैंमा बिदेश भ्रमणमा जानेहरु ७० प्रतिशतले बढेको बताउँछन्।  मुल्य कम र सजिलै भिसा पाइने भएकोले थाइल्याण्ड, सिंगापुर, बाली, चीन र मलेसिया लगायतका ठाउँहरु नेपालीको रोजाइमा परेको निरौलाको भनार्इ छ। विदेश घुमघाममा ग्राहकहरुको बजेट, समय र माग अनुसारको प्याकेज बनाइने उनले बताए।