केएल टावरको दशैं तिहार योजना आजदेखि सुरु, उपहारमा स्मार्ट फोन देखि बैंकक भ्रमणसम्म

बिजमाण्डू
२०७४ असोज १ गते १७:०६ | Sep 17, 2017

काठमाडौं।केएल टावरले आजदेखि दशैं तिहार उपहार योजना सुरु गरेको छ। खरिदकर्ताले योजना अवधिभर कुपनमार्फत दैनिक सपिङ भौचर, स्मार्ट फोन, विद्युतीय जग उपहार पाउनेछन्।

Tata
GBIME
Nepal Life

यसैगरी साप्ताहिक उपहारमा  घडी, ५ हजार मूल्य बराबरको गिफ्ट भौचर, वासिङ मेसिन, रेफ्रिजरेटर, टेलिभिजन, माइक्रोवेभ ओभन लगायतको होम एप्लायन्स जित्न सक्ने कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाले बताए।

बम्पर उपहारमा जिक्सर मोटरसाइकल, लेट्स स्कुटर, ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज समेत राखिएको बताइएको छ।

ग्रोसरी, फुडकोर्ट, सिनेमाहल, गेमजोन, सामसुङ प्लाजा, फर्निचर लगायतका ५० वटा पसलहरुको सहभागिता रहेको उक्त मेलामा ग्राहकहरुले १ हजारको सामान खरिद गर्दा एउटा उपहार कुपन प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ।

आजबाट सुरु भएको मेला कार्तिक २५ गतेसम्म चल्ने छ।