खुकुरी रमले मंगलबार ककटेल्स आयोजना गर्ने, क्लब देजा भूमामा हुनेछ परम्परागत स्वादको उत्सव

बिजमाण्डू
२०७४ असोज १ गते १७:४३ | Sep 17, 2017
खुकुरी रमले मंगलबार ककटेल्स आयोजना गर्ने, क्लब देजा भूमामा हुनेछ परम्परागत स्वादको उत्सव
काठमाडौं।दि नेपाल डिस्टीलरीको खुकुरी थ्री एक्स रमले खुकुरी ककटेल्सको आयोजना गर्ने भएको छ।

कम्पनीका अनुसार ककटेल्स परम्परागत स्वादको उत्सव हो।पहिलो पटक ख्यातिप्राप्त मिक्सोलोजिस्ट निश्चल गुरुङलार्इ उत्सवमा विशेष आकर्षण रहने कम्पनीले जनायो।मंगलबार क्लब देजा भूमामा यो उत्सव हुनेछ।गुरुङले स्टिभ ओकीको नामबाट खुकुरी कक्टेल्सलाई खास रुपमा सिर्जना गर्ने कम्पनीले जनाएको छ।डिजे स्टिभ ओकीद्वारा प्रस्तुत गरिने एक भव्य कार्यक्रमबीच पेश गरिनेछ। 

स्टिभ ओकी विश्व प्रसिद्ध सर्वाधिक लोकप्रिय डिजे हुन्, जसले विभिन्न अन्तर्राष्ट्रिय कलाकारहरुको साथमा विश्वका धेरै देशहरुमा आफ्नो कला प्रदर्शन गरिसकेका छन्। हाल आफ्नो नयाँ एल्बम कोलोनीको प्रचार प्रसारमा जुटेका स्टिभको नेपाल भ्रमण पनि सोही प्रचार प्रसारकै एक अंग भएको कम्पनीले जनाएको छ।खुकुरी रमको उत्पादन सन् १९५९बाट सुरु भएको हो। कम्पनीका अनुसार प्रत्येक बोतल विशेष ब्लेण्डको बोतल बन्ने खुकुरी रम नेपालको सबैभन्दा पहिलो कडा स्वादको रम हो । थ्री एक्स खुकुरी, कोरेनेसन रम र खुकुरी स्पाइस रम रहेका छन्।
 

Tata
GBIME
Nepal Life