लीलामणी पौंडेल मूख्यसचिव हुँदा शिलन्यास गरेको पुलको पिल्लर समेत ठडिएन, ३ वर्षमा २० प्रतिशत काम

बिजमाण्डू
२०७४ असोज ४ गते ०७:५८ | Sep 20, 2017
लीलामणी पौंडेल मूख्यसचिव हुँदा शिलन्यास गरेको पुलको पिल्लर समेत ठडिएन, ३ वर्षमा २० प्रतिशत काम
रुपन्देही।विकासको गति किन हुन सकेन्?मुलुकका विभिन्न स्थानमा निर्माण भइरहेको पूर्वाधार निर्माण हेरे पुग्छ।

Tata
GBIME
Nepal Life


काठमाडौं जोड्ने लाइफलाइन मुग्लिन -नारायणगढ सडक निर्माण सकिनुपर्नेमा ५० प्रतिशत मात्रै काम भएको छ।यस्ता धेरै उदाहरणले मुलुकको दयनिय अवस्था झल्काउँछ।यस्तै रिडीमा निर्माणधीन पुलको अवस्था हेर्दा विकासको धिमा गति कहिल्यै सुध्रिदैन।गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सगंम स्थल रिडिमा निर्माणाधीन अवस्थामा रहेको तीन जिल्ला जोडने तीनमुखे पुल निर्माण सकिनुपर्नेमा २० प्रतिशत मात्रै काम भएको छ।
 

सम्झौता अनुसार ०७४ असार ९ गतेभित्र पुल बनिसक्नुपर्ने तर अहिले सम्म एक चौथाई सम्म काम भएको छैन ।सम्झौता अनुसार असारमै सकिएको भए पनि पुलको एउटा पिल्लर समेत बन्न सकेको छैन । निर्माण कम्पनीको लापरवाहीका कारण पुलनिर्माण कार्य ठप्प जस्तै छ।गुल्मी, पाल्पा र स्याङ्गजाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रिडीमा तीन जिल्लालाई जोड्ने नेपालकै नमूना तीन मुखेपुल भएकाले पुलप्रति धेरैको उत्साह र चासो थियो।स्थानीय हरि ज्ञवालीले तीन जिल्लाको महत्वपूर्ण पुल निर्माण सुस्त गतिमा भइरहेको बताउँदै निर्माण कम्पनीकै कारण समयमै निर्माण हुन नसकेको बताए।
 
अहिले एउटा बनिरहेको पिल्लरमा समेत कम्पनीले सरकारी मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेकाले त्यसको कुनै औचित्य नभएको वताए । तत्कालीन मुख्य सचिव लीलामणी पौडेल र सभासद चन्द्र भण्डारीले ०७१ मंसिर १५ गते पुल शिलान्यास गरेका थिए ।पुल निमार्णको जिम्मा नयाँबाटो–रुविना–मना जेभी कम्पनीले  पाएको थियो ।९ करोड ८८ लाख २६ हजार तीन सय ३२ रूपैयाँको लागतमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । पुलको कुल ५ सय ४० मिटर लम्बाई, प्रत्येक ३ वटा लट्टाको लम्बाई ९ सय ८० र कालीगण्डकीको बीचमा सात सय मिटरको गोलाई भएको पिल्लर छ । रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले कम्पनीको लापरवाहीका कारण पुल निर्माण काम अगाडि नबढेको बताए । 
 
सम्झौता कहिलेसम्मको होे निर्माणको जिम्मा पाएकालाई नै थाहा छ उनले भने– ठेकेदारले लापरवाही गरेपछि अहिले अलपत्र भएको हो । उनका अनुसार निर्माणको क्रममा नेपालमा नाकाबन्दी, भूकम्प लगायतका समस्या देखाएर निर्माण कम्पनी पन्छिएको छ।निर्माण कम्पनीका कर्मचारी महेन्द्र अधिकारीले पुलको डिजाइन ढिलो भएकोले निर्माण समयमा हुन नसकेको बताए।उनले दशैंतिहारपछि कामले तीब्रता पाउने बताए।