ग्लोबल आइएमइमा माछापुच्छ्रेका सुमन शर्मा ‘सेकेन्डम्यान’, जोखिम नियन्त्रणमा अब्बल

बिजमाण्डू
२०७४ असोज ४ गते १२:२२ | Sep 20, 2017
ग्लोबल आइएमइमा माछापुच्छ्रेका सुमन शर्मा ‘सेकेन्डम्यान’, जोखिम नियन्त्रणमा अब्बल
काठमाडौं। तीन बर्षअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा माछापुच्छ्रे बैंक छिरेका सुमन शर्मा ग्लोबल आइएमइ बैंक पुगेका छन्। ग्लोब आइएमइमा अनिल ज्ञवालीले छाडेर जनक शर्मा पौड्याल कामु प्रमुख कार्यकारी अधिकृत भएपछि शर्मा सेकेन्डम्यानका रुपमा त्यहाँ पुगेका हुन्।
 
शर्मा माछापुच्छ्रेअघि एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए। माछापुच्छ्रे बैंकबाट विजयवहादुर श्रेष्ठले छाडेर एनडिइपी डेभलपमेन्ट बैंकमा गएपछि शर्मालाई नियुक्त गरिएको थियो।
 
शर्माले बैंकिङ क्षेत्रमा २० बर्ष विताइसकेका छन्। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका हुन्।
 
विराटनगरका शर्मा सन् २००४ मा एमबिए गर्न वाहिरिएका थिए। त्यसको अर्को बर्ष २००५ बाट उनले सहायक प्रबन्धकका रुपमा एनएमबी बैंकबाट काम सुरु गरेका थिए। 
 
एनएमबी बैंकमा आठ बर्ष ११ महिना काम गरेपछि उनी माछापुच्छ्रे बैंक हुँदै उनी ग्लोबल आइएमइ पुगेका हुन्। शर्मा जोखिम तथा कर्जा लगानीका क्षेत्रमा अब्बल मानिन्छन्। 

Tata
GBIME
Nepal Life