एकान्तकुना यातायात कार्यालयको ब्याट्री जल्दा देशभर सर्भर डाउन, सवारी साधनको कर भूक्तानी ठप्प

बिजमाण्डू
२०७४ असोज ४ गते १२:४१ | Sep 20, 2017
एकान्तकुना यातायात कार्यालयको ब्याट्री जल्दा देशभर सर्भर डाउन, सवारी साधनको कर भूक्तानी ठप्प
काठमाडौं।एकान्तकुनामा रहेको यातायात कार्यालयमा राखिएको ब्याट्री जल्दा देशभरका सवारी साधनको कर लगायतका भूक्तानी रोकिएको छ।

Tata
GBIME
Nepal Life

मंगलबारको सार्वजनिक विदापछि खुलेको यातायात कार्यालयमा सेवाग्राहीको भीड छ।तर एकान्तकुनामा राखिएको ब्याट्री जलेपछि सर्भरमै समस्या भएर सबै काम रोकिएको हो।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले ब्याट्री जलेपछि सर्भरमा समस्या भएर सवारी साधनको कर लगायतका भूक्तानी बुधवार नहुने जानकारी दिए।

उनका अनुसार लाइसेन्सको काम भने रोकिएको छैन।यातायात कार्यालयमा सर्भर डाउनका कारण सेवाग्राहीले समस्या भोग्दै आएका छन्।पाण्डेले शुक्रबार मात्रै सवारीको कर तिर्न सकिनेन गरि मर्मतको काम भइरहेको बताए।