भिसा कार्ड घोटेर ‘सपिङ’ गर्नेलाई १० प्रतिशत नगद छुट, १० हजारसम्मको खरीदमा एक हजार पाइने

बिजमाण्डू
२०७४ असोज ४ गते १५:४२ | Sep 20, 2017
भिसा कार्ड घोटेर ‘सपिङ’ गर्नेलाई १० प्रतिशत नगद छुट, १० हजारसम्मको खरीदमा एक हजार पाइने


काठमाडौं। भिसा कार्ड बोक्नेहरुलाई बैंकहरुले स्किम ल्याएका छन्। दसैंतिहारलगायतका चाडपर्बलाई लक्षित गर्दै बैंकहरुले कार्डबाट सामान खरीद गर्नेलाई १० प्रतिशत छुटको ब्यवस्था गरेका हुन्।
 

तपाई भिसा कार्ड बोकेर केही सामान किन्न जानु भयो। र भुक्तानी कार्डबाट गर्नु भयो भने १० प्रतिशत छुट पाउनु हुन्छ। अर्थात १० हजार रुपैयाँको सामान कार्डबाट भुक्तानी गरेर किन्नु भयो भने बैंकले तपाईको खातामा एक हजार रुपैयाँ हाल्दिन्छ। तर सामान खरीद गर्दा भने १० हजार नै कटौती हुन्छ। भोलीपल्ट मात्र बैंकले तपाईको खातामा एक हजार रुपैयाँ हाल्दिन्छ।
 
नेपाल इन्भेष्टमेन्ट बैकको नेतृत्वमा सेञ्चुरी बैंक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, एनसिसी बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैक र टुरिज्जम विकास बैंकले यो स्किम ल्याएका हुन्।
 
'नगद कारोबार सकेसम्म कम गरेर पेमेन्टलाई डिजिटलाइज्ड गर्ने हाम्रो उद्देश्य हो' स्किमका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा इन्भेष्टमेन्ट बैंककी कार्ड सेन्टर प्रमुख रिना चन्दले भनिन्, 'तत्काललाई यो स्किम पाँच महिना चल्ने छ। ग्राहकको रेस्पोन्सका आधारमा अवधि बढ्न सक्छ।'
 
नगद छुट पाउनका लागि कम्तिमा ५ सय रुपैयाँको खरीद आवश्यक पर्छ। एक दिनमा १० हजार रुपैयाँसम्मको खरीदमा मात्र छुट पाइन्छ। 
 
पस मेसिन जुनसुकै नेटवर्कको भए पनि नगद छुट पाउनका लागि यी १० बैंकले जारि गरेको भिसा कार्ड नै आवश्यक पर्छ। अहिले यी बैंकले १५ लाख भिसा कार्ड जारी गरेका छन्। यी बैंकको नेटवर्कमा १६ सय पस मेसिन छन् प्रणालीमा ४५ सय वटा मेसिन सञ्चालनमा छन्।

Tata
GBIME
Nepal Life