बुधबार शेयर बजार झण्डै ४ अंकले ओरालो लाग्यो, नेपाल लाइफ इन्स्योरेन्सको कारोबारमा अग्रता

बिजमाण्डू
२०७४ असोज ४ गते १५:५८ | Sep 20, 2017

काठमाडौँ। बुधबार शेयर बजार घटेको छ। बुधबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.८९ अंकले घटेर १५३९.८१ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७९ अंकले घटेर ३२३.११ अंकले घटेको छ।

Tata
GBIME
Nepal Life

बुधबार १५८ कम्पनीका १० लाख १७ हजार कित्ता शेयर ५४ करोड २४ लाख रुपैयाँमा खरिद बिक्री भयो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ। ११ करोड रुपैयाँको कारोबार गर्दै नेपाल लाइफ कारोबार रकमको आधारमा पहिलो भएको हो।

उपसूचक मिस्रित देखिएका छन्। आठ समूहको कारोबारमा पाँच समूह घटेको छ। तीन समूहमा वृद्धि देखिएको छ। बैंक ५.७२, होटल ७.४९, विकास बैंक ६.८४, जलबिद्युत ४.०५ र बीमा २१.१२ अंकले घटेको छ। ट्रेडिङ् २२.८, फाईनान्स १.१५ र अन्य ६.३६ अंकले बढेको छ।

बिशाल बजार कम्पनीले कारोबार खुलेको चौथो दिन बुधबार पनि १० प्रतिशतको वृद्धि कायम राखेको छ। कुबेर मर्चेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी करिब नौ प्रतिशत घटेको छ।