दसैंमा टेलिकमको सेवामा छुटैछुट, युट्युव हेर्न १०० रुपैयाँमा एक जिबी डाटा, फोरजी सीम फ्रि

बिजमाण्डू
२०७४ असोज ४ गते १६:१८ | Sep 20, 2017
दसैंमा टेलिकमको सेवामा छुटैछुट, युट्युव हेर्न १०० रुपैयाँमा एक जिबी डाटा, फोरजी सीम फ्रि


काठमाडौं। नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा आफ्ना सेवाहरुमा छुट स्किम ल्याएको छ।
 
रिचार्जमा बोनस
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध हुने छ। स्किम असोज ५ गतेदेखि १० गतेसम्म लागू हुने छ। 
 
युट्युब डाटा प्याकेज
जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ। यो प्याकेज असोज ५ देखि १९ गतेसम्म लिईसक्नु पर्ने छ।
 
कम्बो प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजमा पनि छूट पाउने छन्। १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। 
 
त्यसैगरी २५ रुपैयाँमा १६ मीनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ। ५० रुपैयाँमा ४५ मीनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मीनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मीनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ।  यो प्याकेज २०७४ असोज ५ गते देखी १९ गते सम्म लिईसक्नु पर्ने छ।
 
भ्वाइस प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ। यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ। ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मीनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ।  यो प्याकेज असोज ५ देखि १९ गतेसम्म लिईसक्नु पर्ने छ।
 
पिएसटिएन सिफोन सेवामा बोनस
पिएसटिएन तथा सिफोन सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १००र१०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। 
 
एडिएसएल अफर 
असोज ११ देखि १८ गतेभित्र अनलिमिटेड र भोल्युममा आधारित एडिएसएल एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि १९ गतेसम्म थपिएको एनटिसीले जनाएको छ। त्यसैगरी असोज ११ देखि१८ भित्र एफटिटीएच तथा वाइम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको विज्ञप्तिमा उल्लेख छ।
 
एसएमएसमा छुट
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट दिइएको छ। छुट स्किम ११ गतेबाट १९ गतेसम्म लागू हुन्छ। अब ५० पैसमा एसएमएस गर्न मिल्छ।
 
फोरजी सिम निःशुल्क परिवर्तन
कम्पनीले मिति कात्तिक ७ गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम परिवर्तन निःशुल्क गर्ने भएको छ। यो सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ। साथै विभिन्न महोत्सवमा स्थापित स्टलबाट पनि लिन सकिने छ।

Tata
GBIME
Nepal Life