खाद्यले बेच्ने खसीबोका र च्याङ्ग्राको मूल्य तय, च्याङ्ग्रा किलोको ६७५ र खसीको ४५५ रुपैयाँ

बिजमाण्डू
२०७४ असोज ४ गते १८:०७ | Sep 20, 2017
खाद्यले बेच्ने खसीबोका र च्याङ्ग्राको मूल्य तय, च्याङ्ग्रा किलोको ६७५ र खसीको ४५५ रुपैयाँ
काठमाडौं। नेपाल खाद्य संस्थानले बेच्ने खसीबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ।

Tata
GBIME
Nepal Life


फाइल तस्विर

संस्थानको बुधवार बसेको संचालक समिति बैठकले खसोबोका र च्याङग्राको मूल्य निर्धारण गरेको हो।संस्थानले निजी व्यवसायीले बिक्री गर्ने भन्दा किलोमै ३५ रुपैयाँ सस्तोमा खसी बिक्री गर्ने भएको छ।संस्थानले विहिवारदेखिनै च्याङग्रा बिक्री सुरु गर्नेछ भने खसीबोका भने आउनेवित्तिकै बिक्री गर्ने जनाएको छ।संस्थानले १५ सय खसीबोका र एक हजार च्याङग्रा ल्याउनेछ।

 
संस्थानले जिउँदो खसी किलोको ४ सय ५५ रुपैयाँ र बोका किलोको ४ सय ५० रुपैयाँमा बिक्री गर्नेछ।संस्थानले ल्याएको च्याङ्ग्रा किलोको ६ सय ७५ रुपैयाँमा बिक्री गर्ने भएको छ।संस्थानका प्रवक्ता शंकर सापकोटाले बजार मूल्य भन्दा सस्तोमा खसीबोका र च्याङग्राको मूल्य निर्धारण गरिएको बताए।निजी व्यवसायीले खसी किलोको ४ सय ९० रुपैयाँमा बिक्री गरिरहेका छन्।

संस्थानले दशैमा कम नाफा खाएर उपभोक्तालार्इ खसीबोका बिक्री गर्छ।संस्थानले खसीबोका ल्याएर बिक्री गरेकै कारण निजी व्यवसायीले खसीबोकाको मूल्य नियन्त्रण गर्न सहज भएको हो।'हाम्रो उदेश्य नाफा खाने होइन उपभोक्तालार्इ सस्तोमा खसीबोका बिक्री गर्ने हो'प्रवक्ता सापकोटाले भने,हामीले खसीबोका ल्याएकै कारण निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गर्न सक्दैनन्।'

संस्थानले थापाथलीस्थित संस्थानको गोदामबाटै खसीबोका र च्याङग्रा बिक्री गर्नेछ।संस्थानले पाँच सय च्याङग्रा काठमाडौं ल्याइसकेको छ।सापकोटाले अरु च्याङग्रा दुर्इ दिनभित्र आइसक्ने जानकारी दिए। उनका अनुसार दुर्इ सय खसीबोका विहिवार विहानसम्म काठमाडौं आइसक्नेछ।संस्थानले दशैमा खसीबोका र च्याङग्रा ल्याएर मासुको मूल्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको छ।