समाजसेवाका लागि फेसबुकको शेयर बेच्दै जुकरबर्ग, १२ अर्ब डलर बालबालिकाको शिक्षा र स्वास्थ्यमा

बिजमाण्डू
२०७४ असोज ९ गते १७:२४ | Sep 25, 2017

फेसबुकका संस्थापक मार्क जुकरबर्गले १२ अर्ब डलर जुटाउनकालागि फेसबुकको ठूलो हिस्सा शेयर बेच्ने बताएका छन्। यो फन्ड उनले समाजसेवामा खर्च गर्ने बताएका छन्।
आगामी १८ महिनामा उनले साढे तीन करोडदेखि साढे सात करोड कित्ता शेयर बेच्ने योजना सार्वजनिक गरेका छन्।

Tata
GBIME
Nepal Life

यो पूँजी उने बालबालिकाको शिक्षा तथा बिभिन्न रोगहरुको उन्मुलनका लागि सामाजिक कार्यमा लगाउन प्रयोग गर्ने बताए।

डेढ वर्षदेखि फेसबुकको कारोबार एकदमै उत्साहजनक रहेको भन्दै जुकरबर्गले यसको शेयर धेरै नै उपल्लो स्तरमा पुगिसकेको बताए।

आफ्नो जीवनकालमै उनी फेसबुकको ९९ प्रतिशत शेयरबाट मुक्त भएर समाजसेवामा लाग्ने समेत जुकरबर्गले स्पष्ट पारेका छन्।