राष्ट्र बैंकमा ३० वर्षे हटाउने निर्णय:कर्मचारीको विरोध जारी, आन्तरिक काजमा नखटाउन दबाब

बिजमाण्डू
२०७४ असोज १७ गते १४:२८ | Oct 3, 2017
काठमाडौं।नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली संशोधनको विरोधमा कर्मचारीले दशैं खुलेलगत्तै विरोधका कार्यक्रमलार्इ निरन्तरता दिएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंक कर्मचारी संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघले हड्तालका कार्यक्रमलार्इ निरन्तरता दिँदै सुपरिवेक्षण विभाग लगायत सबै विभाग तथा ईकाईहरुमा आन्तरिक काजमा नखटाउन व्यवस्थापनलार्इ दबाब दिएको छ।दुबै कर्मचारी संगठनले संयुक्त रुपमा जारी विज्ञप्तिमा हड्तालको कार्यक्रम नटुङगिएसम्म कुनैपनि आन्तरिक काजमा नखटाउन आग्रह गरिएको उल्लेख छ।

 
दीर्घकालिन आर्थिक भार पुग्ने गरि राष्ट्र बैंकको सञ्चालक समितिले ३० बर्षे सेवा अवधि हटाएर संशोधनका लागि लोक सेवा आयोग पठाउने निर्णय गरेको थियो।दशैंको मुखमा गभर्नर चिरञ्जिवी नेपालको सक्रियतामा पुराना कर्मचारीलाई अवकास दिइ युवा एवं सक्षम जनशक्ति भर्नाको लागि लागु गरिएको ३० बर्षे सेवा अवधि हटाउने निर्णय गरिएको थियो।

राष्ट्र बैंकको वर्तमान कर्मचारी विनियमावली अनुसार ५८ बर्ष उमेर वा राष्ट्र बैंकमा काम गर्न थालेको ३० बर्षमध्ये जुन पहिला आउँछ त्यसै अनुसार कर्मचारी सेवा निवृत्त हुने गरेका छन्। सन् २००१ मा विश्व बैंकको सहयोगमा कार्यान्वयन गरिएको वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत दक्ष जनशक्ति भित्र्याउन ३० बर्षे सेवा अवधिको प्रावधान ल्याइएको थियो। वित्तीय क्षेत्र सुधार कार्यक्रममा समग्र वित्तीय स्थायित्वसँग जोडिएको बिषयलाई गहन अध्ययनविनै गभर्नरले अर्थसचिवलाई 'कन्फिडेन्स' मा लिएर फाइल लोकसेवा आयोग पठाउने निर्णय गरेका हुन्।