दशै विदापछि खुलेको शेयर बजार हरियो, चिलिमे हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाए

बिजमाण्डू
२०७४ असोज १७ गते १५:५० | Oct 3, 2017
दशै विदापछि खुलेको शेयर बजार हरियो, चिलिमे हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाए
काठमाडौं। दशैंपछिको पहिलो दिन शेयर बजार उकालो लागेको छ।नेप्सेमा मंगलबार अधिकांश परिसूचक हरिया भएका छन्।

Tata
GBIME
Nepal Life


मंगलबार नेप्से ६.८९ अंकले बढेको छ।दशैंका कारण कारोबार भने थौरै मात्रै भएको छ।मंगलबार १४ करोड रुपैयाँको मात्रै कारोबार भएको छ।नेप्से ०.४४ प्रतितशतले बढेर १५५६.३५ अंकमा पुगेर कारोबार रोकिएको हो। सेन्सेटिभ तर्फ भने १.७२ अंकले बढेर ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। 
जम्मा दुर्इ लाख ६९ हजार कित्ताको कारोबार भएको छ।

बैंकिङ समूहको सबै भन्दा धेरै कारोबार भए पनि होटल समूह कारोबार ६३.८४ अंकले बढेको छ। चिलिमे हाइड्रोपावर कम्पनीले सबै भन्दा धेरै ८.१३ प्रतिशत कमाएको छ भने नविल समृद्धि फण्ड एकले ३.७५ प्रतिशत गुमाएको छ। आज सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ। बैंकको भोली साधारसभा भएकोले बुक क्लोज छ। बैंकको आज सम्म कायम शेयर धनीले १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांस पाउँछन्। 
 

सबै भन्दा धेरै कारोबार भएका १० कम्पनीको मात्र ८ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै कारोबार हुने १० कम्पनीमा क्रमश नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, चिलिमे हाइड्रोपावर कम्पनी, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, नेष्नल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्।