म्याद सकिएको बिस्कुट बम्पर छुट भन्दै बिक्री गर्दै बाबा रामदेवको पतञ्जली, १० वटा किन्दा १० फ्रि

बिजमाण्डू
२०७४ असोज २२ गते ११:१६ | Oct 8, 2017
वीरगंज। आयुर्वेद औषधीलगायत विभिन्न उपभोग्य वस्तुको उत्पादन र विक्री गर्दै आएको पतञ्जलीले म्याद सकिएको विस्कुट बजारमा छुटको नाममा विक्री गरिरहेको छ। वीरगंजको घण्टाघरदेखि पूर्व लिंक रोडमा रहेको पतञ्जली आयुर्वेद औषधी पसलमा बम्पर छुट लेखिएको व्यानर टाँगेर १० वटा पतञ्जली विस्कुट खरिद गर्दा १० वटा फ्रि पाईने छुट सहित विक्री गरिरहेको छ। यी बिस्कुटको म्याद सकिएको पाइएको छ। 
 
औषधी पसलबाट विक्री गरिएको विस्कुटको उत्पादन मिति २८ जनवरी २०१७ छ। उत्पादन भएको ६ महिनाभित्र मात्र प्रयोग गर्न पाइने भनेर विस्कुटको खोलमा लेखिएको छ। 
 
वीरगंज–१६ भिस्वाकी विमला गुप्ताले लिंक रोड स्थित पतन्जलीको पसलबाट विस्कुट किन्दा यस्तो कुरा सार्वजनिक भएको हो। ६ महिनामा म्याद सकिने विस्कुट १० महिना भईसक्दासमेत फिर्ता नगरेर बजारमा विक्री गर्नुले सिधै उपभोत्ता ठग्ने काम गरेको उनले बताइन्। 

Tata
GBIME
Nepal Life