फ्ल्युक बायोमेडिकलका उपकरण नेपालमा, रोग पत्ता लगाउन सजिलो हुने

बिजमाण्डू
२०७४ असोज २३ गते १३:३८ | Oct 9, 2017
काठमाडौं । फ्ल्युक ब्राण्डका बायोमेडिकल उपकरण नेपालमा उपलब्ध भएका छन्। नेपालस्थित फ्ल्युकको आधिकारिक बिक्रेता एसोसियट इन्टरप्राइजेजले इलेट्रिकल सेफ्टी एनालाईजर, पेसेन्ट मोनिटर सेफ्टी इसिजी, डिफेब्रिलेटर र रेडियसन मोनिटर नेपाल भित्र्याएको हो।
 
अमेरिकी स्वास्थ्य उपकरण परीक्षण मेशिनरी उत्पादक फ्ल्युकले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ १३४८५ पाइ सकेको छ। कम्पनीद्धारा उत्पादीत इलेट्रिकल सेफ्टी एनालाईजरले उपचारको क्रममा बिरामीको शरीरमा प्रवेशहुने बिद्युतीत शक्ति २० माइक्रो एम्पीयर भन्दा तल भए नभएको जानकारी दिने गर्छ। आवश्यकता भन्दा उच्च विद्युतीय झडकाले रक्त कोसीका र शरीरका अन्य अङ्गमा नोक्सानी पुर्याउने हुँदा एनाइलाईजरले रोगीलाई सतर्क गराउँछ। त्यस्तै पेसेन्ट मोनिटर सेफ्टीले इसिजीले मुटुको धडकन मापन गर्ने उपकरणले उपल्वध गराउने तथ्याङक सही भए नभएको परीक्षण गर्छ। 
 
डिफेब्रिलेटरले मुटु रोगीको धडक्नलाई नियन्त्रण गर्न प्रयोगमा ल्याईने पेस मेकरको सञ्चालन सम्बन्धी वैज्ञानिक सूचना दिने गर्छ। रेडियसन मोनिटरले एक्स्–रे मेशिनबाट बाहिरिने किरणको परिमाणको सूचना उपल्वध गराउँछ। स्वास्थ्य उपकरणको उचित प्रयोगलाई सघाउन यी साधन ल्याइएको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life