सानिमा बैंकले खोल्यो गौशालामा शाखा, मह जोडीले गरे ४७औं शाखा उद्घाटन

बिजमाण्डू
२०७४ असोज २५ गते १०:५६ | Oct 11, 2017
सानिमा बैंकले खोल्यो गौशालामा शाखा, मह जोडीले गरे ४७औं शाखा उद्घाटन
काठमाडौं। सानिमा बैंकले काठमाडौंको गौशालामा शाखा खोलेको छ। ४७औं शाखाको उद्घाटन बैंकका ब्राण्ड प्रबर्द्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका छन्।


 
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले ग्राहकको पहुँच बढाउन बैंकले आगामी दिनमा पनि शाखा थप गर्दै लैजाने बताए। प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गौशला शाखाबाट गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बताए। बैंकको ४७ शाखासहित ५३ एटिएम छन्।

Tata
GBIME
Nepal Life