सानिमा बैंकले काठमाडौंको गौशालामा खोल्यो नयाँ शाखा, नयाँ शाखा विस्तार गर्ने रणनीति

बिजमाण्डू
२०७४ असोज २५ गते १६:४७ | Oct 11, 2017
सानिमा बैंकले काठमाडौंको गौशालामा खोल्यो नयाँ शाखा, नयाँ शाखा विस्तार गर्ने रणनीति
काठमाडौं।सानिमा बैंकले काठमाण्डौंको गौशालामा ४७औं शाखा खोलेको छ।शाखाको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवर्द्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे।

Tata
GBIME
Nepal Life


बैंक अध्यक्ष श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए।बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै नयाँ शाखाबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। 
 
सानिमा बैंकको उक्तशाखा समेतगरी मेची देखि महाकालीसम्म ४७ वटा शाखा संजाल तथा ५३ वटा एटीएम छन ।