समस्याग्रस्तबाट हटेपछि एग्रेसिभ भयो बेष्ट फाइनान्स, सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने सहमति

बिजमाण्डू
२०७४ असोज २७ गते १०:४८ | Oct 13, 2017
समस्याग्रस्तबाट हटेपछि एग्रेसिभ भयो बेष्ट फाइनान्स, सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने सहमति
काठमाडौँ। बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई खरिद गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने बाध्यता रहेका कारण बेस्टले सिनार्जीलाई प्राप्ति गर्न लागेको हो। बिहीबार बेस्ट फाइनान्सले पत्रकार सम्मेलन गर्दै कम्पनी प्राप्ति सम्बन्धि दुई संस्थाबीच सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको जनाएको छ।


 
बेस्टका अध्यक्ष पदमराज न्यौपानेले सेयर आदनप्रादन अनुपात (स्वप रेसियो) दुबै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि तय हुने जानकारी दिए। 
 
प्राप्तिपछि कम्पनीको नाम बेष्ट हुनेछ भने अध्यक्षमा न्यौपानेले निरन्तरता पाउने छन्। प्रमुख कार्यकारी अधिकृत सिनर्जिका बिनितमणि उपाध्यायले निरन्तरता पाउने छन्। कम्पनीलाई पाँच महिना भित्रमा प्राप्ति गरिसक्ने योजना छ।   
 
सिनर्जी फाइनान्सले कार्तिक १७ गतेको साधारण सभामा ७० प्रतिशत हकप्रद दिने प्रस्तावलाई स्थगित गरि पहिले नै घोषणा भएको २५ प्रतिशतलाई निरन्तरता दिने न्यौपानेले जानकारी दिए। 
 
२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो। पछि नयाँ लगानीकर्ताले कम्पनी टेकओभर गरेपछि नाम परिवर्तन गरेर बेष्ट बनाइएको हो। 

Tata
GBIME
Nepal Life