निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा बिष्णुबाबु मिश्र नियुक्त, कोषमा २६ बर्षको अनुभव

बिजमाण्डू
२०७४ असोज २७ गते २०:२७ | Oct 13, 2017
निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा बिष्णुबाबु मिश्र नियुक्त, कोषमा २६ बर्षको अनुभव
काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बिष्णुबाबु मिश्रलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस समितिले पठाएका तीन नाम मध्येबाट मिश्रलाई नियुक्त गरेको हो।
 
अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले मिश्र सहित डा. घमानसिं खड्का र विनोदकुमार कार्कीको नाम नियुक्तीका लागि मन्त्रीपरिषद्मा पठाएको थियो।
 
२६ बर्ष अघि प्रधान सहायकको रुपमा कोष प्रवेश गरेका मिश्र पछिल्लो समय कोषको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए।

Tata
GBIME
Nepal Life

कोषले बैंक तथा वित्तिय संस्थाका प्रत्येक निक्षेपकर्ताको दुई लाख रुपैयाँसम्मको बचतको बीमा गर्ने गरेको छ। त्यस बाहेक पशुधन, साना तथा मझौला र कृषि कर्जाको पनि बीमा गर्दै आएको छ। कोषमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको शेयर स्वामित्व रहेको छ।