रिलायबल लाइफको आइतबारदेखि औपचारिक कारोबार सुरु, कम्पनीका यस्ता छन् ‘पोलिसी’

बिजमाण्डू
२०७४ असोज ३० गते ०७:४९ | Oct 16, 2017
रिलायबल लाइफको आइतबारदेखि औपचारिक कारोबार सुरु, कम्पनीका यस्ता छन् ‘पोलिसी’


काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनी दर्ता भएको दश वर्षपछि कारोबार सुरु गरेको हो।बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इँले बीमा कम्पनीको नियमित अनुगमन र निरीक्षण हुने बताए।उनले नयाँ कम्पनी थपिने वित्तिकै कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा रोक्न समेत आग्रह गरे।उनले बीमा क्षेत्रमा जनशक्ति अभाव पूरा गर्न समितिले समेत कर्मचारीलार्इ तालिम दिन थालेको बताउँदै विद्यालय र कलेजस्तरमा समेत बीमाको पाठ्यक्रम राख्नेतर्फ पहल गर्ने बताए।चापागार्इँले लघुबीमाका लागि बीमक संघ र नेपाल लघुवित्त बैंकरसँग सम्झौंता भइसकेको बताउँदै नयाँ कम्पनीलार्इ लघुबीमामा केन्द्रित हुन आग्रह गरे।

उनले बीमा कोषको रकम तरल सम्पतिको रुपमा नै व्यवस्थापन गर्नु पर्ने बताउँदै बीमा कोषलार्इ लामो समय दायित्व रहने क्षेत्रमा लगानी गर्न नहुने बताए। कम्पनीका अध्यक्ष राजुबाबु शिवाकोटीले दश वर्षअघि बीमा कम्पनी दर्ता गरेर सबै लगानीकर्तालार्इ विश्वासमा लिनु कठिन काम भएको बताउँदै लगानीकर्ताको विश्वासको प्रतिफल प्राप्त भएको बताए।

कम्पनीले रिलायबल धनपति जीवन बीमा योजना ल्याएको छ।यो योजनामा ४० वर्षसम्म  न्यूनतम बीमा शुल्क मासिक ८ हजार ८ सय १७ रुपैयाँ तिरे कम्पनीले एक करोड रुपैयाँ फिर्ता गर्छ। कम्पनीले रिलायबल सावधिक जीवन बीमा योजना, रिलायबल अग्रिम भुक्तानी जीवन बीमा योजना र रिलायवल उच्च शिक्षा जीवन बीमा योजना पनि ल्याएको छ। कम्पनीले रिलायबल अग्रिम भुक्तानी जीवन बीमा योजनको लागि बोनस दर रु ५० प्रतिहजार प्रतिबर्ष प्रस्ताव गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण लोहनीले समितिबाट व्यवसाय संचालन अनुमति पाएसँगै अहिलेसम्म १२ सय पोलिसीको बिक्री गरिसकेको जानकारी दिए। कम्पनीको चुक्ता पूँजी दुर्इ अर्ब रहेको छ जसमा संस्थापक तर्फ एक अर्ब ४० करोड रुपैयाँ र बाँकी ६० करोड रुपैयाँ सर्वसाधरणका लागि छुट्याएको छ। उनले एक बर्षभित्र शाखा तथा उपशाखा खोल्नका लागि स्वीकृति लिइसकेको जानकारी दिए।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल वीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे, नेपाल बैंकर एसोसिएसनका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह साउद, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष भरतराज ढकाल, हिसानकी उपाध्यक्ष दीपिका थापा, बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी लगायतको उपस्थिती थियो।