सानिमा बैंकले १६% बोनस सेयर पारित गरेपछि चुक्ता पूँजी ८ अर्ब पुर्यायो, तीन सञ्चालक चुनिए

बिजमाण्डू
२०७४ असोज ३० गते ०९:२६ | Oct 16, 2017
सानिमा बैंकले १६% बोनस सेयर पारित गरेपछि चुक्ता पूँजी ८ अर्ब पुर्यायो, तीन सञ्चालक चुनिए
काठमाडौं। सानिमा बैंकको १३औं बार्षिक साधारणसभाले १६ प्रतिशत बोनस सेयर पारित गरेसँगै चुक्ता पूँजी ८ अर्ब पुगेको छ। नेपाल राष्ट्र  बैंकले २०७४ असार मसान्तसम्मको नाफाबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने ब्यवस्था गरेको थियो।


 
साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालक चयन गरेको छ। सभाले विनयकुमार श्रेष्ठ, तुकप्रसाद पौडेल र शाम्वा लामालाई सञ्चालक निर्वाचित गरेको हो।
 
बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको कुल निक्षेप करिव ५८ अर्ब र ऋण लगानी सवा ५१ अर्ब नाघेको छ। 

Tata
GBIME
Nepal Life