माछापुच्छ्रेमा सन्तोष कोइराला र अर्जुन थापा भए डिजिएम, कोइराला र थापाको यस्तो छ बैंकिङ अनुभव

बिजमाण्डू
२०७४ असोज ३० गते १६:२२ | Oct 16, 2017
माछापुच्छ्रेमा सन्तोष कोइराला र अर्जुन थापा भए डिजिएम, कोइराला र थापाको यस्तो छ बैंकिङ अनुभव

काठमाडौं।माछापुच्छ्रे बैंकको नायब महाप्रवन्धक(डिजिएम)मा सन्तोष कोइराला र अर्जुन थापा बढुवा भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको संचालक समितिले कोइराला र थापालार्इ असोज ८ गतेदेखि लागु हुनेगरि डिजिएममा बढुवा गरेको हो।कोइराला र थापा यसअघि बैंकमा सहायक महाप्रवन्धक(एजिएम)थिए।कोइरालाले सन् २०००बाट बैंक अफ काठमाण्डूमार्फत आफ्नो करियर थालेका हुन्।उनी साढे चार वर्षअघि माछापुच्छ्रे बैंकमा प्रवेश गरेका हुन्।उनी निक्षेप परिचालन र कर्जा लगानीका बारेमा जानकार बैंकर मानिन्छन्।

थापा तात्कालिन सन् १९९२मा ग्रिण्डलेज बैंकबाट करियर सुरु गरेका हुन्।माछापुच्छ्रेमा भने उनी स्थापनाकालदेखिनै आवद्ध छन्। थापासँग कर्जा लगानी र रिस्क म्यानेजमेन्टमा अनुभव छ।उनले बैंकको पोखराको क्षेत्रीय प्रवन्धकको रुपमा समेत काम गरिसकेका छन्।कोइरालालार्इ बैंकको सम्पूर्ण विजिनेश र थापालार्इ संचालन हेर्ने जिम्मेवारी दिइएको छ।