सिद्धार्थ इक्विटी फण्डमा माग भन्दा बढी आवेदन, मागेको भन्दा ६० करोड बढी आवेदन पर्यो

बिजमाण्डू
२०७४ असोज ३० गते १७:०३ | Oct 16, 2017

काठमाडौँ। सिद्धार्थ क्यापिटलले ल्याएको तेस्रो सामूहिक योजना सिद्धार्थ इक्विटी फण्डमा एक अर्ब ८० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड एकाइ  बुधबारदेखि बिक्रि खुला गरेको थियो।

Tata
GBIME
Nepal Life

एकाइमा कम्तिमा एक सय रुपैयाँदेखि २४ लाख रुपैयाँसम्म आवेदन दिन सकिन्थ्यो। माग गरे भन्दा बढी आबेदन आएकोले असोज २९ गतेनै  आवेदन बन्द गरिएको क्यापिटलले जनाएको छ।