र्याडिसन होटलले एफपिओ जारी गर्ने, सर्वसाधारणको हिस्सा ४५%, स्वदेशीको एजिएम २४ गते

बिजमाण्डू
२०७४ असोज ३१ गते १०:४५ | Oct 17, 2017
र्याडिसन होटलले एफपिओ जारी गर्ने, सर्वसाधारणको हिस्सा ४५%, स्वदेशीको एजिएम २४ गते


काठमाण्डौं। स्वदेशी लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटलले साधारणसभा डाकेका छन्। स्वदेशी लघुवित्त वित्तीय संस्थाले कार्तिक २४ गते तेस्रो सधारणसभा बोलाएको छ।
 
स्वदेशीको साधारणसभामा संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरिने छ।

Tata
GBIME
Nepal Life

संस्थाले बोनस शेयर वितरण गरेपछि एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गर्ने छ। साधारणसभाले बोनस शेयर वितरणको प्रयोजनको लागि ७ लाख ८९ हजार रुपैयाँ नगद लाभांस वितरण गर्ने स्वीकृत प्रदान गर्ने छ।

 
संस्थाको हालको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ। संस्थाले १५ प्रतिशतबाट हुन आउने एक करोड ५० लाख रुपैयाँ बोनस शेयर जारी गरेसँगै चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ पुग्ने छ। साधारणसभामा प्रस्ताव गरिएको एक बराबर एकको अनुपातमा ‍हकप्रद जारी गरिएसँगै संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्ने छ। 
 
त्यस्तै ओरियण्टल होटल (र्याडिसन) ले आगामी कार्तिक २३ गते २०औं बार्षिक साभारणसभा डाकेको छ। साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ। होटलले कर प्रायोजनार्थ ६.२१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गर्ने भएको छ।
 
होटलको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन एफपिओ जारी गर्ने भएको छ। यो प्रस्तावलार्इ पनि साधारणसभाबाट पारित गर्ने भएको हो। होटलले साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट पाँच जना र साधारण शेयरधनीकोतर्फबाट दुर्इ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ।
 
साधारणसभाको प्रयोजनार्थ कार्तिक ९ देखि २३ गतेसम्म होटलको बुक क्लोज हुने छ। होटलको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआर्इविएल क्यापिटल रहेको छ। होटलको हालको चुक्ता पूँजी ७९ करोड १७ लाख रूपैयाँ छ। प्रस्ताव गरिएको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ पुग्ने छ।