अल्पाइनले नबिकेको हकप्रद मूल्य वढावढमा बिक्रीमा राख्यो, दुर्इ लाख ५९ कित्ता शेयर लिलाममा

बिजमाण्डू
२०७४ असोज ३१ गते ११:३७ | Oct 17, 2017
काठमाडौं। अल्पाइन डेभलपमेन्ट बैंकले नबिकेको संस्थापक तथा सर्वसाधारण समुहको हकप्रद शेयर मूल्य बढाबढमा बिक्री गर्ने भएको छ। बैंकले कात्तिक १६ देखि २३ गतेसम्म सेयर बिक्री खुला गरेको हो। 
 
बैंकले असार २५ देखि साउन २९ गतेसम्म एक कित्ता बराबर २.०८ को अनुपातमा १८ लाख तीन हजार २४७ कित्ता हकप्रद निष्काशन गरेको थियो। 
 
बैंकले निष्काशन गरेकोमध्ये संस्थापक समुहतर्फको एक लाख ८७ हजार र सर्वसधारण समुह तर्फको ७१ हजार ५७१ कित्ता हकप्रद बिक्री भएको थिएन।
 
हकप्रद आवेदनको लागि न्युनतम एक सय रुपैयाँ तोकिएको छ। बोलपत्र आवेलदनको लागि संस्थापक समुहतर्फ न्युनतम एक हजार कित्ता र सर्बसाधारण समुहतर्फ एक सय कित्ताको आवेदन दिन सकिने बैंकले जनाएको छ। अधिकतम आवेदनको लागि संस्थापक समुहकाले बैंकको चुक्ता पूँजीको २ प्रतिशतभन्दा माथि नहुने गरि र सर्बसाधारण समुहकाले बिक्री खुल्ला गरिए जतिकै लागि आवेदन दिन मिल्ने बैकले जनाएको छ। 
 
आवेदन परेको शिलवन्दी बोलपत्र कार्तिक २४ गते संस्थापक समुहतर्फको अपरान्ह २ बजे र सर्बसाधारण समुहको लागि अपरान्ह २: ३० बजे खोलिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life