जगदम्बा सिमेन्टको क्षमता दोब्बर हुँदै, छिट्टै दैनिक ५२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने

बिजमाण्डू
२०७४ असोज ३१ गते १७:४० | Oct 17, 2017
जगदम्बा सिमेन्टको क्षमता दोब्बर हुँदै, छिट्टै दैनिक ५२ हजार बोरा सिमेन्ट उत्पादन गर्ने


काठमाडौं।जगदम्बा सिमेन्टले उत्पादन क्षमता दोब्बर बनाउने भएको छ।उद्योगको सिमेन्ट उत्पादन क्षमता छिट्टै दैनिक ५२ हजार बोरा बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

अहिले उद्योगले दैनिक २४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ।कम्पनीका प्रवन्ध निर्देशक विष्णु न्यौपानेले उद्योगको उत्पादन क्षमता छिट्टै दोब्बर हुने बताए।कम्पनीका च्यानल पार्टनरलार्इ सम्मान गर्न आयोजित कार्यक्रममा उनले यो जानकारी दिएका हुन्।उनले विश्वस्तरीय प्रविधिमार्फत सिमेन्ट उत्पादन गरिरहेको बताउँदै वीरगंजबाट उत्पादन हुने ओपिसी र पिएसी सिमेन्ट अझै गुणस्तरीय हुने दाबी गरे।

जगदम्बाको तेस्रो उद्योग रुपन्देहीमा स्थापना भइरहेको बताउँदै त्यसबाट दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने न्यौपानेले जानकारी दिए।उनका अनुसार सबै गरेर जगदम्बाले दैनिक १ लाख १२ हजार बोरा सिमेन्ट उत्पादन गर्नेछ।

कम्पनीले दुर्इ सय भन्दा बढी च्यानल पार्टनरलार्इ सम्मान गरेको छ।कम्पनीका अध्यक्ष शंकरलाल अग्रवाल,प्रवन्ध निर्देशक न्यौपाने र कार्यकारी निर्देशक राजेश अग्रवालले ती पार्टनरलार्इ सम्मान गरेका हुन्।कम्पनीका ६ सय भन्दा बढी च्यानल पार्टनर छन् भने १० भन्दा बढी सिमेन्टका ब्राण्ड छन्।कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक राजेश अग्रवालले हाम्रोघर मोबाइल एपमार्फत उपभोक्तालार्इ सहज र सर्वसुलभ रुपमा घर निर्माणका बारेमा जानकारी दिन थालेको बताए।