ड्राइफूड्सको आयातमा व्यापक वृद्धि, चार महिनामै ५८ करोडको ड्राइफूड्स वीरगंज नाकाबाट भित्रियो

बिजमाण्डू
२०७४ कात्तिक १ गते १०:३५ | Oct 18, 2017

वीरगंज।तिहारमा सबैभन्दा बढी बिक्री हुने ड्राइफूड्सको आयात अस्वभाविक रुपमा बढेको देखिएको छ।

Tata
GBIME
Nepal Life

वीरगंज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ड्राइफूड्सको आयात ५८ करोड ६० लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको भएको छ।गत वर्षभरीमा ड्राइफूड्सको आयात जम्मा ३२ करोड २ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको मात्रै भएको थियो।
 
यो वर्ष काजु,बदाम,ओखर,पिस्ता,सुपारी,अंजिर,किसमिस, दालचिनी र ल्वांग धेरै भित्रिएका छन्।वीरगंज भन्सारका अनुसार छोकडा र सुकमेल भने गत वर्षको भन्दा कम भित्रिएको छ।यो वर्ष सयपत्री फूल समेत कम आयात भएको छ।ड्राइफूड्सको आयात बढेपछि राजस्व संकलन समेत बढेको छ। यो वर्ष १४ करोड ५४ लाख ४७ हजार रुपैयाँ राजस्व ड्राइफूड्सबाट संकलन भएको छ।

गत वर्ष ड्राइफूड्सबाट ७ करोड २५ लाख २५ हजार मात्रै राजस्व संकलन भएको थियो।यो वर्ष ७३ हजार ८ वटा सयपत्रीको माला भित्रिएको छ।गत वर्ष १ लाख १४ हजार वटा सयपत्री फूलको माला वीरगंज नाकाहुँदै आएको थियो।