नेप्सेले नविकरण शुल्क नबुझाउने ४० कम्पनीको कारोबार रोक्यो, १६ नियमित कारोबारमा रहेका कम्पनी

बिजमाण्डू
२०७४ कात्तिक १ गते ११:३२ | Oct 18, 2017
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४० सूचिकृत कम्पनीको कारोबार रोक्का गरेको छ। कम्पनीहरुले समयमा बार्षिक नबिकरण शुल्क नबुझाएका कारण कारोबार रोक्का गरिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए।
 
गत महिनासम्म नेप्सेमा १९६ कम्पनी सुचिकृत रहेका छन्। जसमा ४० कम्पनीले समयमा नबिकरण शुल्क नबुझाएका हुन्। नबिकरण शुल्क नबुझाएका कम्पनी मध्ये १९ वटा लामो समय देखि कारोबारमा निष्कृय छन्। पाँच कम्पनीले मर्जर र अक्वायरका कारण नबिकरण शुल्क नबुझाएका हुन्। बाँकी रहेका १६ कम्पनीको भने मंगलबारसम्म नियमित कारोबार भएको थियो।
 
कारोबार रोक्काको सूचना पाएसँगै ती कम्पनीले नबिकरण शुल्क बुझाउन सम्पर्क गर्न थालेको प्रवक्ता पराजुलीले बताए। १० कम्पनीले आजै नबिकरण शुल्क बुझाउन सम्पर्क गरि सकेको उनले जानकारी दिए। नविकरण शुल्क बुझाए लगत्तै उनीहरुको कारोबार खुल्नेछ।
 

Tata
GBIME
Nepal Life