मुसाले अँध्यारो बनायो लक्ष्मीपूजाको दिन भक्तपुर, दिनभर कुलमान खटिएपछि साढे ७ देखि बल्यो बत्ती

बिजमाण्डू
२०७४ कात्तिक २ गते २०:३५ | Oct 19, 2017
मुसाले अँध्यारो बनायो लक्ष्मीपूजाको दिन भक्तपुर, दिनभर कुलमान खटिएपछि साढे ७ देखि बल्यो बत्ती

काठमाडौं । लक्ष्मी पूजाको दिन बिहानदेखि राति ७ बजेसम्म भक्तपुर अँध्यारो रह्यो। नेपाल विद्युत प्राधिकरणको भक्तपुर सबस्टेसन स्थित १३२/११ केभी २२.५ एमभिए ट्रान्सफरमरमा समस्या आएपछि विद्युत आपूर्ति बन्द भएको थियो। ट्रान्सफरमरको सर्किट ब्रेकरमा समस्या देखिनुको कारण थियो- मुसा। 

Tata
GBIME
Nepal Life

मुसाका कारण ४५ एमभिए अन्तर्गत विद्युत आपूर्ति रोकिएको थियो। समस्या समाधानका लागि काममा तीब्रता दिन प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं साइटमा गएका थिए।

दिनभरको प्रयासपछि राति साढे ७ बजेदेखि बल्ल त्यहाँ विद्युत आपूर्ति सुचारु भयो। 

लक्ष्मीपूजाको दिन विद्युतको माग अत्यधिक हुने भएकोले घिसिङ भक्तपुरबाट सीधै स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेका छन्। विद्युत माग, आपूर्ति र व्यवस्थापन मिलाउने कार्यालय यही हो।