तिहारमा यसरी जगमगियो राजधानी, १५ फोटोमा हेर्नुस् लक्ष्मीपूजामा देखिएको उज्यालो काठमाडौँ

बिजमाण्डू
२०७४ कात्तिक ३ गते ११:५९ | Oct 20, 2017
तिहारमा यसरी जगमगियो राजधानी, १५ फोटोमा हेर्नुस् लक्ष्मीपूजामा देखिएको उज्यालो काठमाडौँ
काठमाडौं । तिहार अर्थात् उज्यालोको पर्व। त्यसमाथि लक्ष्मीपूजाको। तिहारको तेस्रो दिन हिजो साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरियो। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्या ङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरियो।
 
लक्ष्मी पूजा गरिने दिन कात्तिक कृष्ण औँसी हो। औँसीको कालो रातलाई उज्यालोले सुखरात्री बनाइन्छ। लक्ष्मीपूजाको साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने चलन छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।
 
सर्वसाधारणका घर, व्यापारिक भवन हिजो साँझ उज्यालिएका थिए। हाम्रा फोटो संवाददाता चन्द्र आलेले राजधानीको सीतापाइलास्थित डाँडा, स्वयम्भू, दरबारमार्ग र ठमेलमा खिचेका फोटोहरु- 

Tata
GBIME
Nepal Life