चालिस हजारको लगानीले डेढ वर्षमै दश लाख कमाई, जापानबाट फर्किएका घिमिरेको सफलताको कथा

बिजमाण्डू
२०७४ कात्तिक ८ गते १२:३६ | Oct 25, 2017
चालिस हजारको लगानीले डेढ वर्षमै दश लाख कमाई, जापानबाट फर्किएका घिमिरेको सफलताको कथा
गुल्मी। गुल्मीका एक युवाले ४० हजार रुपैयाँमा डेढ बर्षमै १० लाख रुपैयाँ कमाएका छन्। जापान छाडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर उनले आम्दानी गरेका हुन्। 


 
मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा १० लाख आम्दानी गरेका हुन्। 
 
घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा ४० हजारको लगानीबाट २८० केराको बोट लगाएका थिए। अहिले केराको बोट ८०० पुगेको छ। 
 
व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै  गर्दै आएका घिमिरे आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने योजना सुनाए। 
 
घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुस्रेर, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरिरहेका छन्। 
 
आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पुर्याउन नसकेको  घिमिरे बताए।
रासस

Tata
GBIME
Nepal Life