ब्याज बढेपनि चाडबाडमा गाडीको कारोबार उत्साहजनक, ४०% ले बढ्यो गाडीको बिक्री




काठमाडौं। चाडबाडलाई लक्षित गर्दै डेढ महिना अघिदेखि विभिन्न प्यासेन्जर भेहिकलका आधिकारीक विक्रेता कम्पनीहरुले आकर्षक योजना ल्याएका थिए। विशेष गरी दशैं र तिहारका अवसरमा दिइएका  यस्ता अफरहरुमा  गाडी खरिद गर्नेको संख्या ४० प्रतिशतसम्म बढेको बिक्रेता कम्पनीहरुले जनाएका छन्।



योजना अवधिमा देशभर  महिन्द्राको स्कोरपियो, थार, एक्सयुभि, केयुभि लगायतका ७ सय गाडीहरु बिक्री भएको  अग्नि इन्कर्पोरेटेडका बजार व्यवस्थापक सिजन न्यौपानेले बताए। यसपाली चाडबाडमा विगतमा हुने गरेको कारोबारको तुलनामा ४० प्रतिशतले वृद्धि भएको न्यौपानेले जानकारी दिए।



यस्तै  टाटाको आधिकारीक विक्रेता  सिप्रदी ट्रेडिङले करिब दुई महिनादेखि लागू भएको दशैं तिहार योजना अवधिभर लगभग ६  सयवटा गाडी बिक्री गरेको  जनाएको छ। गत वर्ष चाडपर्व अवधिभर सिप्रदीले करिव ९ सय वटा गाडी बिक्री गरेको थियो।

'यो वर्ष अटो इन्डस्ट्री ४५ प्रतिशतले घटे पनि हाम्रो वजार सन्तोषजनक रहेको छ' उप व्यवस्थपक सृजन नेपालको भनार्इ छ। टाटाको टियागो, सुमो लगायतका गाडीहरु अत्याधिक मात्रामा बिक्री भएको नेपालले बताए।



दशैं तिहार योजना अवधिभर हुण्डाइको व्यापार मध्यम रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलका बिक्री परामर्शदाता गौरव सिग्देलले जानकारी दिए।
सुजुकी मोटर्सको आधिकारीक विक्रेता अरुण इन्टरकन्टिनेन्टलले नाडा अटो सोदेखि कार्तिक मसान्तसम्म दशैं तिहार योजना लागू गरेको थियो। यस अवधिभर सुजुकीले २५ सय गाडी विक्री गर्ने लक्ष्य राखेको कार्यकारी बजार व्यवस्थापक सिरज पन्तले बताए।  अहिलेसम्म अल्टो, ब्रिजा, बलेनो, इग्निस लगायतका १८ सय ७५ गाडी बिक्री भएको उनले जानकारी दिए।

यसैगरी रेनल्टको आधिकारीक विक्रेता एड्भान्स अटोमोबाइल्सले  लागू गरेको नाडा अटो सो देखि दशैं तिहार अवधिसम्ममा लगभग ५ सय २५ वटा गाडीको बुकिङ लिएको सोरुम म्यानेजर किरण डंगोलले जानकारी दिए। 'यो वर्ष बैंकहरुले दिने अटोलोनको व्याजदर बढेको भएपनि दुई महिनामा ४ सय ५० वटा गाडी बिक्री भएको भन्दै उनले बिक्रीबाट उत्साहित भएको बताए।



रेनल्टको डस्टर ५५ प्रतिशत र क्विड ४५ प्रतिशतले बिक्री भएको जानकारी समेत उनले दिए।



Share this Story

   

ब्याज बढेपनि चाडबाडमा गाडीको कारोबार उत्साहजनक, ४०% ले बढ्यो गाडीको बिक्री को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.