अनिल शाहले १७ पुसबाट सेञ्जुरी बैंकको कमान सम्हाल्ने, मेगामा दुई कार्यकाल पछि सेञ्चुरी




काठमाडौं । अनिल शाहले पुस १७ गतेबाट सेञ्चुरी बैंकको कमान सम्हाल्ने भएका छन्। मेगा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका शाहले त्यहाँ दुई कार्यकाल पुरा गरेपछि सेञ्चुरी जान लागेका हुन्।
 
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाह नियुक्तीको निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पठाएको छ। तत्कालिन प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनाले राजिनामा गरेपछि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो। कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले ब्यवस्थापनको नेतृत्व गरिरहेका छन्।
 
बैंकर्स संघको अध्यक्षसमेत रहेका शाह अहिले एक्लै नै सेञ्चुरी बैंक जाने छन्। सञ्चालक समितिले स्वीकृति दिएमा उच्च ब्यवस्थापनमा मेगा वा अर्को बैंकबाट कर्मचारी ल्याउने योजनामा उनी छन्।
 
शाहले १९९१ बाट बैंकिङ सुरु गरेका हुन्। नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका उनले त्यहाँ १३ बर्ष विताए। खुद्र बैंकिङ सुरु गरेको जस शाहलाई जान्छ। त्यहाँबाट महाप्रबन्धकका रुपमा उनी नबिल बैंक भित्रिए। नबिलमा प्रमुख कार्यकारी भएर उनले पाँच बर्ष बिताए। त्यसपछि उनी मेगा बैंक गएका हुन्। 

Share this Story

   

अनिल शाहले १७ पुसबाट सेञ्जुरी बैंकको कमान सम्हाल्ने, मेगामा दुई कार्यकाल पछि सेञ्चुरी को लागी १ प्रतिक्रिया(हरु)

binod prasad bhattarai[ Nov 03, 2017 - 03:43 pm ]
Anil sir Mega lai pani century ma merg garera ayuta thulo bank banauna kaso hola?

   हालसम्म २४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.