होटल र्याडिसनले सुरु गर्यो आलाकार्ट मेनु, टेरेस गार्डेनमा बारविक्यु र ग्रिल्ड फुडको मज्जा




काठमाडौं। होटल र्याडीसनले आलाकार्ट बारविक्यु मेनु संचालनमा ल्याएको छ। तारे होटल र्याडिसनले नयाँ भवनको टेरेस गार्डेनमा आलाकार्ट मेनु अनुरुपको खाना उपलब्ध गराएको होटलका विक्री तथा बजार व्यवस्थापक राजन श्रेष्ठले जानकारी दिए।
होटलको नयाँ भवनको चौथो तलामा संचालित टेरेस गार्डेनमा नेपाली रैथाने परिकार, कन्टिनेन्टल तथा भारतिय राजघराना परिकारको स्वाद पनि लिन सकिने प्रमुख सेफ उत्पल कुमार मण्डलले बताए।

'हामीसँग भएको मुख्य परिकारमा नेपाली रैथाने परिकारका साथै ग्रिल्ड नर्वेजियन सालमन, अस्ट्रेलियन ल्याम्व चप, तन्दुरी ट्राउट लगायतका परिकार छन्'- उनले भने। ३० वर्षदेखि अन्तराष्ट्रिय होटलहरुको अनुभव बटुलेका सेफ मण्डलले खाना पारखीलार्इ हरेक परिकारको मूल स्वाद चखाउने बताए।   

आलाकार्ट मेनु अन्तर्गत ग्राहकले इच्छाअनुसार बफ छोइला, चिकेन तास, मटन सेकुवा, माछा तारेको, भुटन, चिकेन मोमो लगायतका नेपाली मांसाहारी परिकारको स्वाद पनि लिन सक्नेछन्। शाकाहारी परिकारमा पोलेको आलु, लसुन पोलेको, पनिर सेकुवा, मसरुम छोयला, भन्टाको तरुवा, मौसम अनुसारका तारेको तरकारी, भेजिटेबल मोमो लगायतका परिकारको स्वाद लिन सक्ने बताइएको छ।

 यसैगरी इन्डियन ग्रिल्ड परिकारमा बंगाली माछाको तन्दुरी, तन्दुरी ट्राउट, पेसावरी मही टीक्का, तन्दुरी चिकेन, मटन बारा चप, बदामी मुर्गा टीक्का लगायतका मांसाहारी परिकारको स्वाद लिन सक्ने पनि सेफ मण्डलले बताए। शाकाहारी परिकारमा भरवान बदामी आलु, कुर्कुरे मकल, हुसेनी पनिर टीक्का, नान, तन्दुरी रोटी, लच्छा पराठा, तन्दुरी खुम्ब लगायतका परिकारको स्वाद लिन सक्ने जानकारी उनले दिए।

अन्तर्राष्ट्रिय ग्रिल्स परिकारमा काजुन प्राउन, नर्वेजियन सालमन, हिमालयन ट्राउट, भियतनामी बासा , केनफेड चिकेन, अस्ट्रेलियन ल्याम्व चप, ग्रील्ड एसेटेड मसरुम, ग्रिल्ड कटेज चिज, भेजिटेवल कोर्डन ब्लेउ, काजुन मेरिनेटेड ग्रिल्ड भेजिज, पोटेटो प्ल्याटर, ग्रिल्ड तोफु लगायतका अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन सक्ने बताइएको छ। डेजर्टमा वालनट व्राउनी र हट गुलावजामुनको स्वाद लिने ब्यवस्था मिलार्इएको छ।

टेरेस गार्डेन दिउँसो १:०० देखि राती १०:०० बजेसम्म खुल्ने विक्री तथा व्यवस्थापक राजन श्रेष्ठले जानकारी दिए।

Share this Story

   

होटल र्याडिसनले सुरु गर्यो आलाकार्ट मेनु, टेरेस गार्डेनमा बारविक्यु र ग्रिल्ड फुडको मज्जा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.