रेस्लिङ्ग प्रतियोगीको आगमनले सर्वसाधारणमा कौतुहल, नकावधारीको भेषमा आए भारतीय खेलाडी




काठमाडौं।  आगामी शनिबार नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगितामा भाग लिन खेलाडीहरु आउन थालेका छन्। यसै क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक खेलाडी अनौठो रुपमा उपस्थित भए।

 
इन्डियन एयरलाइन्सको विमानबाट ति भारतीय खेलाडीले नकावधारी व्यक्तिका रुपमा अवतरण गरे।  ती नकावधारी व्यक्तिलाई हेर्न त्यहाँ ठूलै भिड जम्मा भएको थियो । उनले रेस्लिङ प्रतियोगितामा भाग लिन आएको खेलाडी भनेपछि सर्वसाधारणमा कौतुहल उत्पन्न भएको थियो।

आगामी शनिवार  हुने प्रतियोगिमा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।  प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला\पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

प्रतियोगिता कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको  आयोजकले जनाएका छन्।

Share this Story

   

रेस्लिङ्ग प्रतियोगीको आगमनले सर्वसाधारणमा कौतुहल, नकावधारीको भेषमा आए भारतीय खेलाडी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.